लेटाङ- शान्ति समाज फाउन्डेसनले खेलाडीहरुलाई जर्सी बितरण गरेको छ। समाजमा दुख पिडामा परेको लाई मलम, भोका लाई गास नाङ्गा लाई न्यानो कपडा कोरना कहरमा होस् या अदालतको ढोकामा पुगेर सधैंभरि पिडित असायहहरुको सेवामा निरन्तर लागिपर्ने समाजिक अभियान्ता शान्ति पाख्रिनले स्थापना गरेको शान्तिसमाज फाउन्डेसनले खेलाडीहरुलाई पोसाक बितरण गरेको हो।

समाजमा रहेको कुरुती, बिसंगती, दुर्व्यसनि, हत्या, हिसां, बलात्कार जस्तो जघन्य अपराधहरु लाई निर्मुल गर्दै विभिन्न रचनात्मक कार्य जस्तै: खेलकुद ,सिप, क्षमता अभिबृद्धी विकाश र शान्ति पुर्ण समाजको स्थापना गर्ने उदेश्यले सो फाउन्डेसनको स्थापना गरेको हो। विभिन्न रचनात्मक कामहरू द्वारा युवा पुस्तालाई कृयशिल बनाउदै सुखी नेपाली र समृद्ध नेपाल निर्माणको लक्ष्य रहेको सस्थापक पाख्रीन बताउछिन।फाउन्डेसनको नाम आफ्नै नाम र समाजको काम सँग मिल्ने भएकोले पनि सस्थाको नाम रहेको बताईन।

पाख्रिनले निकट भविष्यमा अनाथ बालबालिका बृद्धअबश्थामा रहेको बुवा आमाहरुको सेवामा समपर्ण गर्ने लक्ष्य रहेको बताउछिन् । यस्तै लेटाङ नगरपालिका वडा नम्बर ७ सिमना भलिबल क्लब, केराबारी ७ राजारानी फुटबल कल्व र केराबारी १० बगैंचा फुटबल क्लबका खेलाडीहरु लाई खेल सामाग्री सहित पोशाक बितरण गर्दै फाउन्डेसनको समुद्घघाटन गरिएको छ।
No description available.
No description available.
No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय