१६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नागरिकता प्रकरणमा तानिएका छन् । उनले जिल्ला प्रशासन कार्यलयमा बुझाएको नागरिकता विवरण शंकास्पद देखिएको भन्दै नेपाल प्रहरीलाई अनुसन्धान गर्न पठाइएपछि उनी नागरिकता प्रकरणमा तानिने सम्भावना देखिएको छ ।

उनी गत मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनको नागरिकताबारे सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो । लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको हो ।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिए । निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो ।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो । उनले अमेरिकी नागरिकता त्याग्नुका साथै नेपाली नागरिकता समेत लिएको बताएका थिए । तर, उनले जिल्ला प्रशासनमा नागरिकता लिएको सही प्रमाण पेश गरेका थिएनन् ।
नेपाल बहस अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय