![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/12/inbound6191486092868872718.jpg)
मोरङ- मोरङको विराटचोक सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एकजना वृद्घको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा बस्ने ७३ वर्षीय जयप्रसाद बास्तोला रहेका छन् । सुन्दरहरैँचा–१० स्थित त्रिवेणी चोक उत्तरतर्फ रहेको मुनालझोडा सामुदायिक वनभित्र घाँस लिन जाँदा हात्तीको आक्रमणबाट बास्तोलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बास्तोलासँगै घाँस काट्न उनकी श्रीमती जानुकाले भने भागेर ज्यान जाोगाएकी छिन् । घटनापछि भागेर नजिकै गाउँ निस्किएर वृद्घलाई खोज्न जाँदा मृत अवस्थामा भेटिएको थियो ।