काठमाडौँ । प्रि ओपन सेसनमा मंगलबार नेप्से सूचक ७.८५ अंकले उकालो लागेको छ । यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ ।

कूल २८ कम्पनीको तीन हजार ६८२ कित्ता सेयर खरिद बिक्री भएको र १३ लाख १३ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कूल २२ कम्पनी उकालो लागेको छ भने एकको मूल्य घटेको र ५ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय