२५ पुस,काठमाडौं- मलेसियामा बन्धक बनाइएका नेपालीको उद्दार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव मार्फत निर्देश दिएका छन ।
यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न प्ररधानमन्त्रीले निर्देेशन दिएका हुन ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि पहल लिएको हो ।