सुर्खेन । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि सत्तारुढ गठबन्धनका मुख्य दुई घटकबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति भएको हो ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो । जसअनुसार पहिलो अढाई वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिनेछ । त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने छ ।

यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् । उनले अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिनेछन् । त्यसपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने छ ।

केन्द्रमा भागबन्डा गर्दा कर्णालीको पूरै पाँच वर्ष माओवादीको भागमा परेको थियो । त्यसले कर्णाली एमालेभित्र हलचल मच्चिएको थियो ।

केन्द्रको निर्णयले पाँच वर्ष सरकार माओवादीले नै चलाउने भएपछि एमालेमा असन्तुष्टि थियो । तर दुई दलबीच बिहीबारको वार्तापछि अब आधा आधा कार्यकाल नेतृत्व हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय