काठमाडौं । चालु आर्थिक बर्षको मंसीर मसान्त सम्ममा ४ खर्ब ८० अर्ब ५० करोड बराबरको रेमिटयान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको ५ महिनाको विवरण अनुसार समिक्षा अवधिमा रेमिटयान्स आप्रवाह २३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो बर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गएको बर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय