नेपालमा पछिल्लो समय नेपाली राजनीति भित्र पुस्तान्तरणको बहसले आधिकारिक्ता पाँउदै आएको छ। समाजले राजनीतिमा नयाँ पुस्ता खोज्न थालेको अघिल्लो स्थानीय निर्वाचनमा प्रस्टै देखियो। खासगरी इतिहासका आन्दोलनहरु सङ्ग लेनादेना राखेर इतिहासको ब्याज खादै वर्तमान चलाउन रुचि नभएका ओरिज्नल युवापंक्तिमा उक्त प्रकारको चेतना बिकास भएको पाइन्छ।
हाम्रो देशमा सत्ता संघर्षका अंकगणितमा निहित राजनीति नै मुल धारको राजनीति हो भन्ने भाष्य र परिपाटी छ। सत्ताको केन्द्रमा रहिरहन वा रहि राख्ने शक्ति बाडफाड अन्तर्गतको तथाकथित गठबन्धन भागबन्डामा आधारित राजनीति लामो समयदेखी भोग्दै आइरहेका छौँ ।
राजनीतिमा स्थापित हुन आन्दोलन गरेकै हुनुपर्ने वा युद्ध/हिंसात्मक पृष्ठभुमि भएकै हुनुपर्ने वा सातसाल, छत्तीस साल वा छयालिस साल वा बाउन्न साल वा त्रिसट्ठी साल राजनीतिको पृष्ठभुमि बोकेकै हुनुपर्ने र यश प्रकारको पृष्ठभुमिबाट ठूलो भुँडी लामो कद र एउटा व्यक्तिले उल्लेखित बिगतहरु बोकेमा मात्रै नेता हुन लायक हुनुपर्ने मान्यता र त्यसप्रकारको परिपाटीलाई पछिल्लो पुस्ताले केही मात्रमा तोड्न सफल भएको देखिन्छ जसको उदाहरण काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्क साम्पाङ्ग मार्फत हामिले अनुभुत गर्न पायौं ।
यस्तै अनुभुती तपाइँ हामिले अस्ति भर्खर मंसिरमा भएको आम निर्वाचनमा पनि गर्यौं। लामो इतिहास बोकेका दलहरुको मतभार घट्नु र बडेमान नेताहरु पराजित हुनुले पनि पुस्तान्तरणको बहसले बिस्तारै सफल हुने दिशातर्फ उन्मुख भैरहेको छ।
पार्टी गठन भएको ४-५ महिना मै राष्ट्रिय स्वतन्त्र पार्टी”को सानदार उदय हुनु पुस्तान्तरणकै उपज देखियो भने अर्को धारको राप्रपाको आकार केही मात्रमा बढ्नुले काङ्ग्रेस-एमाले र माओवादी राजनीतिको विकल्प खोजेको जस्तो झल्को र झिल्को देखियो।
तमाम आशा र अपेक्षा सहित मतदाताले यो पटक स्थानीय तहमा स्वतन्त्र पात्र रोज्न पुगे जसबाट काठमाडौं महानगर पालिका मेयरमा “बालेन” र धरान उपमहानगर पालिकामा “हर्क साम्पाङ्ग” को उदय भयो।
खासगरी स्थानीय तह पालिकामा देखिने अव्यवस्थित बजार व्यवस्थापन, खानेपानी समस्याको सुधार/समाधान, पालिकाले दिने सरकारी सेवा/सुविधा र नगरको सौन्दर्यकरण, मैत्रीपुर्ण यत्रा, नगरभित्रको सुशासन/सुरक्षा विशेषत यिनै कुराहरुमा मतदाले आफ्नो नगरभित्र आफ्नो प्रतिनिधिको विकल्पको रुपमा मत मार्फत परिवर्तन खोज्दै “बालेन र हर्क” जन्माएका हुन।
यसरी जन्मिएका बालेन”ले काठमाडौं नगरको “फुटपाथ व्यवस्थापन” र “फोहोर व्यवस्थापन” लाई पहिलो प्राथमिकतामा राखेर आफ्नो कार्यको प्रारम्भ गरे। प्रारम्भमा “फुटपाथ व्यवस्थापन”कार्यको बिरोध भएपनी जब सडक/बजार सफा र सौर्न्दर्यकरण अन्तर्गत लोभलाग्दो व्यवस्थापन अनुभुती हुँदैजादा बिरोधका स्वरहरु समर्थनमा परिवर्तित भए। यसबीचमा “बालेन” ले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैगर्दा वाहवाही बटुले, बजेटमा खासगरी “सबै वडामा प्राथमिक उपचार केन्द्र निर्माणको कार्य र दैलो उपचार” कार्ययोजना बजेटमा आएपछि नगरबासी सङ्गसङ्गै देशले खुशी व्यक्त गर्यो।
फुटपाथ व्यवस्थापन गर्दैगर्दा तत्कालीन रुपमा ज्यादती वा निर्मम लागेपनी दीर्घकालीन रुपमा फुटपाथ व्यवस्थापन अनिवार्य र अपरिहार्य गर्नैपर्ने काम थियो तर भुइँ मान्छेहरुको “रोजिरोटी खोसेको” आरोप सहित प्रहार भयो। तर अव्यवस्थित फुटपाथले गर्दा सौन्दर्यतामा परेको असर र विभित खाले हानी नोक्सानी प्रती कुनैपनी मिडिया र विद्वान भनिने अथाह जिबि बोकेका बुद्धिजीवीहरुले लेखेन/बोलेन।
तथापि झनै खुशी त जब ट्राफिक व्यवस्थापन”मा देखाएको तदारुकता र साँस्कृतिक पिठहरुमा रङ्गरोगन गरेपछि काठमाडौंमा देखिएको सुन्दरताले धेरैलाइ मोहित बनायो, पुर्व इटहरीबाट चार बर्ष पछि काठमाडौंमा पाइला टेक्न पुगेको स्वयं म आफैं ले बडो मिठास अनुभुती गरेर फर्केको थिएँ ।
पुर्वको धरानमा पनि “हर्क साम्पाङ्ग”ले श्रमदान मार्फत धारानेलाई पानी पिलाएर बर्षौ देखिको आफ्नो कमिटमेन्ट पूरा गर्दै सबैको मन जितेर थप उदाहरणीय कार्य गरिनै रहेका छन् तर हर्क साम्पाङ्गलाई पनि असफल बनाउने कार्य त दलिय वडा सदस्यहरुले नै गरिरहेका छन् ।
यसैक्रममा जब “बालेन”ले अवैधानिक संरचना हटाउने र व्यवस्थित पार्किङको कार्ययोजना अन्तर्गत “डोजर” निकाले तब “बालेनको डोजर” “डोजर आतंक” को नाउँ दिएर देशका मुलधार मिडियाको तथाकथित हैसियत बोकेका मिडाहरुले “बालेन बिरोधि” अभियान नै संचालन छेडे!
“बालेन बिरोधि अभियान” सामान्य र हल्का पक्कै छैन यो एउटा सुनियोजित ढङ्गबाट संचालन भैरहेको बुझ्न कठिनाइ छ जस्तो लाग्दैन। नेपालमा जसरी हुन्छ कसैलाइ पनि सफल हुन नदिने र सधैं एउटा प्रयोगशालाकै रुपमा प्रयोग गरिरहने स्वार्थ केन्द्रित दलिय परम्परा र दूतावास केन्द्रित तथाकथित मिडिया र बुद्धिजीवीहरु पहिलो पंक्तिमा देखिनु दु:खद पक्ष हो।
काठमाण्डौका स्वार्थि मतदाता :-
काठमाडौंको फोहोर व्यवस्थापन र फुटपाथ व्यवस्थापनको कार्यमा काठमाडौंका मतदाताले वाहवाही गरेर बालेनलाई भगवान बनाए किनकी फोहोर व्यवस्थापनमा कसैको पनि हानी नोक्सानी थिएन-भएन,। निजि रुपमा हानी नोक्सानी नहुने भएपछि व्यवस्थापनमा सहयोग र समर्थन देखियो।
फुटपाथ व्यवस्थापनमा पनि सहयोग र समर्थन गरेझैंको चरित्र काठमाडौंका मतदाताबाट देख्न पाइयो, किनकी फुटपाथ व्यवस्थापनमा काठमाडौंका स्थानीय बासिन्दा र रैथाने बासिन्दाको एउटा ‘ रौँ ‘ पनि नोक्सानी नहुने भएपछि उक्त कार्यको खासै बिरोध भएन।
फोहोर व्यवस्थापनले सहर सफा र वातावरणीय लाभ मिल्यो भने फुटपाथ व्यवस्थापनले खुल्ला सडक हुनुका साथै ट्राफिक व्यवस्थापनमा ठूलो लाभ मिल्यो । यश कार्यमा कसैको पनि निजि नोक्सानी नभैकन मिलेको लाभ भएकै कारण बिरोध भएन।
तर जब नक्सा पास बिनाका अवैधानिक संरचना र सरकारी सम्पती हडपेर कब्जा जमाएका त्यसप्रकारका सम्पती माथी डोजर चल्न थालेपछि काठमाडौं मतदाताको स्वार्थ यतिखेर प्रष्ट भएको छ। किनकी “बालेनको डोजर”ले काठमाडौंका स्थानिय भूमाफियाहरु र कालाबजारिहरुको निन्द हराम गरिदियो।
जब निजि सम्पती माथी नोक्सानी हुन्छ तब भगवान पनि राक्षस ठहरिन्छ भने झैँ निशुल्क नाफा हुदासम्म बालेनलाइ भगवान मान्नेहरुले गलत सम्पत्ति माथी नोक्सानी हुन थालेपछि राक्षस करार गर्दैछन् ।
सुकुम्बासी डोजर काण्डमा नक्कली समर्थन :-
थापाथली स्थित “तथाकथित सुकुम्बासी वस्ती” हटाउन खोज्दा त्यही काठमाडौंले यो “अवैधानिक हुकुम्बासी वस्ती” हटाउनै पर्छ भनेर समर्थन जनाए, उक्त घटनामा बालेनको टिमले व्यहोरेको दुर्ववहार प्रती दुख व्यक्त गरेको चरित्र प्रदर्शन गरेको काठमाडौंले जब आफ्नो सम्पत्ति माथी डोजर चल्न थालेपछि “बालेन ज्यादती” “बालेन आतंक” भनेर अर्को चरीत्र प्रदर्शन गरिरहेको छ यसकारण पनि सुकुम्बासी वस्ती हटाउने कार्यमा देखाएको समर्थन नक्कली र स्वार्थले भरिपुर्ण भएको प्रमाणित हुन पुग्यो।
व्यक्तिको वैधानिक सम्पत्ति माथी डोजर चलाएर नोक्सानी गर्नु गराउनु गलत हो यसमा दुइमत छैन तर अवैधानिक सम्पत्ति, सरकारी सम्पत्तिको दुरुपयोग भैरहेको संरचनाहरु भत्काएर सरकारलाइ नै फिर्ता गर्दै सिस्टम बसाल्न खोज्नु कसरी गलत हुन्छ? नक्सा पास बिनाका टहरा/घर/पर्खाल जस्ता संरचनाहरु भत्काउदा कसरी गलत हुन्छ?
हामिलाइ व्यवस्थित सहर पनि चाहिने, कानुनी सिस्टम पनि चाहिने सबैकुरा कनुनत वैधानिक पनि चाहिने तर इमानदार प्रयासरत काम गर्दैगर्दा त्यस प्रकारको सम्पत्तिहरु संबंधितको निजि पर्यो भने चैं “बालेनको ज्यादती” भन्दै फरक चरित्र प्रदर्शन गर्न काठमाडौलाई अलिकति पनि लाज किन नलागेको?
समाजमा अलिकति आशा लाग्दो देखिएका “सुमन सायमी” जस्ता पात्रहरु निर्लज्ज भएर “बालेनको ज्यादती” नामक तथाकथित अभियानमा संलग्न हुनु अत्यन्त दु:खद छ। हुनत सुमन सायमी जस्ता पात्रहरुलाइ अहिले दएखिनै भोट बैंक खडा गरेर अर्को पाँच बर्ष पछि पनि आफ्नो राजनीतिक यात्रा सुरक्षित गर्नुपर्ने होला तर भोट बैंकको राजनीतिले सुमन सायमीलाई कतिन्जेल बचाइराख्ला?
भर्खरै एउटा कमेडी कार्यक्रम चलाउने कार्यक्रमका प्रस्तोता “विशाल भण्डारी”ले एउटा स्ट्याटस मार्फत ” भत्काउन बाहेक के गर्नुभयो” ? भनेर सोधेका थिए । विशाल भण्डारीले सामाजिक संजाल मार्फत “बालेन बिरोधि” अभियानलाइ प्रभावकारी बनाउन उक्त स्ट्याटस लेखेको सत्य बुझ्न अफ्ट्यारो पक्कै छैन।
“भत्काउन बाहेक के गर्नुभयो”? भन्दै गर्दा फोहोर व्यवस्थापन गरेर काठमाडौं मतदाताको स्वास्थ्य र वातावरणीय पर्यावरणमा पुर्याएको योगदानलाइ पनि खाए, फुटपाथ व्यवस्थापन गरेर सफा र व्यवस्थित गर्दै ट्राफिक सहजीकरण र दुर्घटना न्यूनीकरणमा पुर्याएको योगदानका कार्यहरुको तथ्य पनि बिशाल भण्डारी र सुमन सायमी “जस्ता व्यक्तिहरुले पोलेर खाए,।
धेरै समय अगाडि एउटा हिन्दी सिनेमा आयोएको थियो सिनेमाको नाम थियो “नायक” उक्त सिनेमा भित्र अनिल कपुरको रोल बहुतै सानदार देखेपछि आज सम्म पनि धेरैलाइ लाग्नेगरेको एउटै कुरा केहो भने लिडर भनेको त नायक सिनेमाको जस्तो अनिल कपुर जस्तै हुनुपर्छ । हाम्रो देशमा पनि त्यस्तै नायक भैदिएको भए…, कहिले जन्मेला त्यस्तो नायक? इत्यादि भावनाहरुका छालहरु त्यही काठमाडौंको मतदाताहरुको मनमस्तिष्कमा छ-छल्किएकै हो।
ठिक त्यस्तै लिडर मेयरको रुपमा काठमाडौंले धेरै बर्षपछि प्राप्त त गर्यो तर कालो सम्पत्तिमाथी कार्वाही कार्यक्रमको थालनी भएपछि काठमाडौंको मनमा कालै दाग देखियो।
जाहासम्म भत्काउने मात्रै? बनाउने चै कहिले? भनेर सोध्ने प्रश्नको उत्तर खोजिरहेकाहरुलाइ सायद बालेन ले पक्कै उत्तर दिदै भन्लान-
“ध्वंस नै निर्माणको सुरुवात हो”
“निर्माण गर्नलाइ नै ध्वंस गरिएको हो”
“अवैधानिक संरचना ध्वंस भएपछि”
“कानुन बिपरितका टहराहरु ढलेपछी”
कब्जा गरेका सरकारी सम्पत्तिहरु फिर्ता भएपछि आफैंमा स्वतह:निर्माण देखिने छ। त्याहा सफा देखिनेछ, त्याहा ट्राफिक सहजीकरण मिल्नेछ, त्याहा व्यवस्थित पार्किङ हुनेछ, त्याहा वातावरणीय पर्यावरणको संरक्षणमा योगदान पुग्नेछ, त्याहा-त्याहाकै पब्लिकको स्वास्थ्य स्वस्थ हुनेछ त्याहा एउटा गहिरो सिस्टम बस्नेछ!
दु:खद: याहा त अवैधानिक कालो धन थुपारेर बसेका विशाल भण्डारी र सुमन सायमी जस्ताको रुपमा बडेबडे रैथाने/स्थानीय/अन्तरस्थानियहरुको उठिबास हुने भएपछि तिनिहरु ले यो ध्वंस अर्थात “भत्काएको” मात्रै भनेर “बालेन ज्यादती- बालेन आतंक” नाउँ दिएर बिरोध गर्नु उनिहरुको नित्य धर्म हो त्यसमा मलाइ कुनै आश्चर्य लागेको छैन। सायद यस्तै उत्तर हुदोहो मेयर बालेनको तर्फबाट।
लेखक तथा विश्लेषक : राजु ढुंगाना (प्रानिल)