काठमाडौं – मलेसियामा रोजगारदाता परिवर्तन अव सहज हुने भएको छ । विदेशी श्रमिकलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिने गरी नयाँ कानुन लागु भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

स्थानीय संचार माध्यमका अनुसार अव देखि विदेशी श्रमिकले एउटा रोजगारदाताबाट अर्को रोजगारदातासँग काम गर्ने सहज रुपमा अनुमति प्राप्त गर्नेछन् । श्रम कानुनमा गरिएको परिवर्तनलाई मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले पारीत गरेको बताइएको छ ।

तर रोजगारदाता परिवर्तनका लागि सुरुमा रोजगारीका लागि निम्त्याउने रोजगारदाताको अनुमति हुनुपर्ने र केहि अन्य प्रावधान पुरा भएको हुनुपर्नेछ । समाचारमा भनिए अनुसार रोजगारदाता परिवर्तन गर्न सुरुमा रोजगारी प्रदान गर्ने रोजगारदातासँग एक बर्ष काम गरेको हुनुपर्ने प्रावधानलाई हटाइएको छ ।

यसैगरी रोजगार करार अवधि सकिएका विदेशी श्रमिकले रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने व्यवस्था पनि कानुन संशोधनमा समेटिएको छ । यसैगरी कानुनले तोकेका प्रकृयाहरु पुरा भएमा रोजगारदाताको अनुमति विना नै नयाँ रोजगारदाता छनौट गर्न पाउने सुविधा पनि विदेशी श्रमिकलाई दिइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय