![](https://www.sandeshprawah.com/wp-content/uploads/2023/02/prachanda-2.jpg)
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् ।
आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो, अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछानेसँँग) फेरि भेटेर कुरा गर्छु ।’