राष्ट्रिय स्वतन्त्र पार्टीले सरबारबाट बाहिरिने घोषणा गरेसँगै यस पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिनुभएको छ ।
आइतबार साँझ बालुवाटार पुगेर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले प्रधानमन्त्री पुष्कपमल दाहाल समक्ष राजीनामा दिनुभएको हो ।
उहाँसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पनि राजीनामा दिनुभएको छ।
यस पार्टीबाट उपप्रधान तथा गृहमन्त्री रहनुभएका रविलामिछाने सर्वोच्च अदालतको फैसलाका कारण पदमुक्त हुनुभएको थियो।