काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक धम्की दिएको भन्दै आपत्ति जनाएको हो ।

रविले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिएको बताउँदै महासंघले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको बताएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो,’ विज्ञप्तिमा उल्लेख छ ।

संसदको चौंथो ठूलो दलका सभापति र उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यत्तिले संयम गुमाएर अभिव्यक्ति दिएको उल्लेख गर्दै महासंघले रविलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएको छ ।
maha.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय