काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध समाचार प्रकाशन गरेको भन्दै कैलालीमा कान्तिपुर पत्रिका जलाइएको छ ।
लामिछानेका केही समर्थकहरुले जिल्लाको सुखड चोकमा पत्रिका भेला पारेर जलाएका हुन् ।
रविले आइतबार नेपालका मिडियाले आफ्नो आफूबारे गलत समाचार प्रकाशन गरेको आरोप लगाएको थिए । उनले कान्तिपुर लगायत विभिन्न समाचार माध्यमहरुलाई इगित गर्दै नेपालको पत्रकारितामा विदेशीको एजेन्ट बनेको आरोप लगाएका थिए ।
रविले १२ भाई पत्रकार मिलेर आफूविरुद्ध निरन्तर प्रहार गरेर अदालतलाई समेत प्रभाव पारेको उल्लेख गरेका थिए ।
कान्तिपुर पत्रिका मालिक आफू विरुद्ध खनिएको अभिव्यक्ति दिएको भोलिपल्टै युवाहरूले पत्रिका जलाएका हुन् ।