यदि कुनै वस्तु , प्राणी तथा कुनै पनि काम गर्दा एक व्यक्ति तथा प्राणीको मन अर्को भिन्न सोच , रुप , रङ्ग तथा जिउदाल भएको संग निस्वार्थ रुपले माया गर्नुलाई नै प्रेम भनिन्छ।

हुन त प्रेमको न त कुनै परिभाषा छ , न त यो मापन वा जोड्न सकिन्छ। यो त केवल एक अदृश्य शक्ति तथा प्राणीले आफू वा कसै माथि आफ्नो कोमल हृदयले अथाहा , बिना कुनै स्वार्थ गरिने माया हो।

प्रेमलाई विज्ञानमा एक अदृश्य शक्ति तथा ,मानिस , जीवजन्तुको शरीरको हर्मोनबाट उत्पादन हुने ‘ओक्सीटसिन” नामक रसायनबाट त्यो भाव सिर्जना हुने गर्दछ।

साहित्य तथा संगीतका महान् हस्ति अर्थात् कवि , कवियत्री ,गायक तथा , गायिका , संगीतकारले भने माया , प्रेमका भाव आफ्ना कविता , कथा तथा संगीत र गलाले धुन , आरोह तथा फ्रिक्यून्सीको माध्यमबाट यसको बारे सम्पूर्ण मानिसलाई यस प्रति चासो राख्न सफल भएको छ।

प्रेम एउटा यस्तो पवित्र सम्बन्ध हो जुन कसैबाट मागेर वा खोसेर प्राप्त हुदैन। यो त दुई मुटु बीचको मिलन हो।

प्रेममा प्रेमी तथा प्रेमिकाले साचिकै प्रेममा संगै जिउने वाचा तथा जस्तोसुकै जिन्दगीका मोडमा चूनौतीहरु आए पनि जिउने वाचा गर्दछन्।

तर , कैयौ सालसम्म घन्टौ सम्म , जुनेली रातमा एयरफोन टोकी टोकी गरेका ती मिठा मिठा कुराहरु , गरेका ठट्टाहरु एउटा सानो झगडा तथा गलत बुझाइले केहि पलमै त्यो सम्बन्ध टुट्छ।

प्रेमको यो कठिन तथा रमाइलो यात्रामा हिजो सम्म संगै मर्ने , जिउने वाचा गरेका र आफ्नो जीवनमा आफ्नो जन्मदाता अर्थात् आमा र बुवा पछि को दोश्रो स्थान , निकै प्रेमले उनीलाई भरिएको यो हृदयमा सजाएर राखिन्छ।

आखिर त्यहि तपाईलाई दिनरात के गरेउ , के खाएउ , आफू जिन्दगीको यो लामो दौडमा कैयौ असफलता र बाधाले पछारिएको प्रतिस्पर्धीलाई हौसला दिने त्यो खास मायालुले तपाईलाई प्रेमको यात्रामा बीचमै छोडेर सदाको लागि एक अजनवी भएर किन जाने गर्दछ ?

आखिर त्यतिका वर्षसम्म जोडिएका दुई आत्माहरु द्वारा खाइएका अनगिन्ती कसमहरु र दुख पर्दा आफ्नो मायालुको आखाबाट झरेका आसुहरु पुछिदिने ती हातहरुले नै फेसबुक तथा जिन्दगीमा “ब्लक ” गर्न ती हातहरु अघि किन सर्ने गर्दछन् ?

कुनै पनि मानिस , प्राणी तथा कामसंग कैयौ साल , दिन , रात तथा हरेक पल जोडिएको एउटा छुट्टै “नसा ” झैँ हुदा त्यो एक क्षणमै तपाईबाट सदाका लागि छाडी जादा किन यो मन छट्पटिने गर्दछ ?

किन ऊ बिना एक पल बिताउन वा जिन्दगीको यो लामो यात्रामा बीच बाटो मै आफ्ना लक्ष्य बिर्सिएर , उसलाई भुलाउन रक्सि , चुरोट तथा लागुऔसधको सेवनले उसको याद मेटाउन खोज्दै छन् , ती प्रेमी वा प्रेमिका ?
के त्यतिका साल गरेका प्रेम , बिताएका ती कुनै मिठा तथा कुनै तिता पलहरु एकै क्षणमा बिलिन हुन पुग्दछ ?

आखिर किन त्यहि अजनवी अहिले तपाईलाई सारा यादहरुको संग्रहालय बनाइ मन , मुटु तथा मस्तिस्कमा गहिरो छाप छोडी अन्जान हुने गर्दछ?

प्राय : माया गरेका जोडीहरु किन एक्कासी पराई झैँ छुट्टिने गर्दछन् ? किन यो माया , प्रेम जस्ता भावहरु अहिले यो समाजमा सस्तो मुल्यमा आफ्ना यौन तृष्णा तथा स्वार्थका लागि झुटो अभिनय गरि अर्को साचो प्रेमी वा प्रेमिकाको मुटुमा गहिरो प्रहार गरिन्छ ? जुन फेरि निको हुन निकै समय वा साल नै लाग्ने गर्दछ।

किन उसको यादमा हरेक पल तड्पेर , उसलाई भुलाउन नसकेर यस संसार नै छाड्ने , त्यो कठोर कदम उसले चाल्दछ ?

किन अकालमै हासीखुसि , उमङ्गले भरिएको परिवारका आमा तथा बुवालाई आसुको भेलले निरास तथा मुटुमा गहिरो चोट ती प्रेमको परिक्षामा अनुतिर्ण परिक्षार्थीले पुर्याउछ?

आमा , बुवा , परिवार तथा आफ्ना केहि साथि बाहेक यस संसारमा साचो प्रेम , निश्चल माया पाउन निकै नै मुस्किल हुने गर्दछ।

आखिर उसले गरेको मायामा के नै कमि थियो र ! जसका कारण तिमीले आज उसलाई पराई ठानी उसंग बोल्नै छाड्यौ??
कृश अर्याल “जिज्ञासु”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय