मिति २०७९/१२/०६ , काठमाडौँ , क्रिश अर्याल :- करिब १४ वर्षपछि त्रिभुवन विश्व विद्यालयमा स्ववियुमा चुनाव सम्पन्न भएको छ। केहि क्याम्पसमा अनियमितता र अराजक गतिविधिले गर्दा स्ववियुको स्ववियु स्थगित गरिएको छ।
नेपाल ल क्याम्पसमा भने निर्वाचन समयमै शान्तिपूर्ण रुपले सम्पन्न भएको छ। निर्वाचनमा भने जम्मा खसेको मत १२६६ थियो। जसमा BALLB तर्फ बाट ५४८ , LLB बाट ५२६ र LLM बाट १९२ मत खसेको थियो।
नेपाल ल क्याम्पस को स्ववियु सभापतिमा भारि मतका साथ लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार विष्णु ढुंगेल र स्ववियु सचीवमा मनोज सिंह मा निर्वाचित हुनुभएकोमा छ ।