एसईई परीक्षा अन्र्तगत बुधबार सामाजिक विषयको परिक्षामा सार्वजनिक मावि केराबारी ७ डाँगी परिक्षा केन्द्रबाट १२७ नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

नक्कली परिक्षार्थीले परिक्षा दिइरहेको सूचना पाएलगतै शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमको नेतृत्वमा खटिएको टोलीले परिक्षाकेन्द्रमा प्रवेश गरी जाँचवुझ गर्दा सो संख्यामा नक्कली परिक्षार्थी फेला परेका हुन् । ती सबै परिक्षार्थी मच्छिन्द्र माविबाट रजिष्टेसन फारम भरी झापा,पाँचथर, तेह्रथुम जिल्लाबाट परिक्षा दिन आएको वुझिएको छ ।

अर्काको नाममा परिक्षा दिइरहेका बेला प्रवेश पत्र जाँच वुझ गर्ने क्रममा प्रवेश पत्रमा उल्लेखित विद्यार्थीको बाबु वा आमाको नाम र जन्ममिति भन्न नसकेपछि फर्जी विद्यार्थी भएको पत्ता लागेको र सार्वजनिक माविको परिक्षाकेन्द्रमा आई चेकजाँच गर्दा १२७ जना विद्यार्थी पक्राउ परेको शिक्षा विकास इकाई मोरंगका प्रमुख टंकप्रसाद गौतमले बताए । ५,७ ओटा परीक्षा केन्द्र निरिक्षण गर्न बाँकी छ । यो संख्या अझै थप हुन सक्छ उहाँले भन्नुभयो पक्राउ परेका सबै नक्कली परिक्षार्थीहरुको आवश्यक अनुसन्धान र जाँचबुझका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा जिम्मा लगाइएको र उनीहरुको सबै परिक्षा रद्ध गरिने बताउँनुभयो ।

पक्राउ परेका फर्जी विद्यार्थीहरु मध्ये केहीले आफ्नो काका काकी,दाजु छिमेकीको परिक्षा दिन आएको बताएका छन् । केही त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विज्ञानका विद्यार्थी र केही स्नातक पढ्दै गरेका व्यक्तिहरु समेत अर्काको नाममा परिक्षा दिन आएको वुझिएको छ ।
सार्वजनकि मावि केराबारी ७ डाँगीको परीक्षा केन्द्रमा मच्छिन्द्र माविबाट अनौपचारिक तथा प्रौढ (बैकल्पिक शिक्षा) अन्र्तगत १८८ जना परिक्षार्थी सहभागि हुदै आएका छन् । ती मध्ये वुधबार १२७ जना नक्कली परिक्षार्थी फेला परेसंगै केराबारीको श्रोत केन्द्र विद्यालय मानिएको मच्छिन्द्र माविको शैक्षिक व्यवस्थापनमा र सार्वजनिक माविको परिक्षा केन्द्रको परिक्षा संञ्चालनमा समेत नैतिक प्रश्न चिन्ह खडा भएको छ ।

पक्राउ परेका अधिकांस विद्यार्थीहरुको प्रवेश पत्र र कार्यालयको रेकर्डमा भिन्नाभिन्ने फोटो रहेको पाइएको छ । प्रवेश पत्रमा नै नक्कली परिक्षार्थीको फोटो टासी परिक्षामा सहभागि भएपछि शैक्षिक माफियाहरुको सेटिङमा परिक्षा संञ्चालन भएको हुनसक्ने वताइएको छ ।

कक्षा ८ उतिर्ण गरी २ वर्षसम्म विद्यालय नगएका वा कक्षा छाडी परिक्षा नदिएका विद्यार्थीहरुका लागि सरकारले त्यसता विद्यार्थीलाई परिक्षामा सहभागि गराउन खुल्ला शिक्षा मार्फत परिक्षा दिने व्यवस्था गर्दै आएको छ । तर स्थानीय विद्यार्थीका लागि दिएको अवसरलाई दुरुपयोग गर्दै विद्यालयले रजिष्टेसन फर्मको नाममा प्रतिव्यक्ति ३ हजार रुपैया रकम लिएर झापा पाँचथर तेह्रथुम लगायतको जिल्लाका अधिकांस विद्यार्थीहरुलाई परिक्षामा सहभागि गराउनु ठूलो गल्ति भएको भन्दै केहीले आलोचना समेत गर्न थालेका छन् ।

अनौपचारिक शिक्षाका लागि राज्यले वर्षेनी मोटो रकम खर्च गर्दै आएको छ तर आफ्ना विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गराउँनुको साटो प्राइभेट शैक्षिक इन्ष्टिच्युटहरुबाट कक्षा संञ्चालन गराई शैक्षिक माफियाको चलखेलमा लागेको भन्दै स्थानीय केही वुद्धिजीविहरुले समेत आलोचना गरेका छन् ।

यतिका धेरै फर्जी विद्यार्थी परिक्षामा सहभागि हुँदा समेत कसरी थाहा भएन भनि प्रश्न राख्दा अधिकांस विद्यार्थी अन्र्तजिल्लाबाट आउने गरेका कारण चिन्न नसकिएको सार्वजनिक माविका प्रअ तथा परिक्षा केन्द्रका केन्द्राध्यक्ष विष्णुनन्द चौधरीले बताए । विद्यार्थीको अनुहार हेरेर चिन्न सकिएन । प्रवेश पत्रमा को नक्कली र को सक्कली हुन् भन्ने छुट्याउन नसक्दा फर्जी विद्यार्थी नचिनिएको परिक्षा चौधरीले बताए ।

ती सबै परिक्षार्थीहरु झापाबाट ३ ओटा नागरिक यातायता बस रिजर्व गरेर परिक्षा दिन आउने र जाने गरेका थिए । परिक्षा मर्यादा भंग गरेमा १ लाख रुपैया जरिवाना , ६ महिना कैद या दुवै सजाय हुने व्यवस्था रहेको छ ।उज्यालो प्रदेश बाट

alt

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय