डम्बरबहादुर विश्वकर्मा
जाँते २६ चैत्र- “विरुवा रोपौं , वन जोगाअौं , वातावरण स्वच्छ वनाअौं” भन्ने मुल नाराका साथ कोपिला सामुदायिक वन उपभोक्ता समुह लेटाङ्ग नौं जाँते बाह्रगोठेको १० अौं वार्षिक साधरण सभा सम्पन्न भएकोछ ।संस्थाको आफ्नै सभाहलमा सम्पन्न उक्त सभाको प्रमुख अतिथि स्थानिय वडाध्यक्ष नन्द प्रसाद खतिवडाले १० वटा मैन वत्ति वालेर उद्घाटन गर्नुभएको थियो ।
No description available.

साधरण सभा आर्थिक वर्षको शुरुआतमै गरिसक्नु पर्ने वन ऐनमा उल्लेख भए पनि संस्थाको विविध समस्याका कारण ढिलागरी सम्पन्न गर्नु परेको संस्थाका अध्यक्ष भवानी लिम्बूले वताए । सभामा अध्यक्ष लिम्बूले संस्थाको वार्षिक कार्य प्रगति विवरण सँगै आर्थिक वर्ष २०७९/०८० को नौ लाख ४२ हजार छ सय ५४ बराबरको आय व्यय प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । यसैगरी उक्त सभामा कोषाध्यक्षको अनुस्थितिमा कार्यक्रम संचालक तथा संसथाका सचिव प्रेम लिम्बूले आ.व. २०७८/०७९ को २४ लाख ४४ हजार छ सय ६२ बराबरको आय व्यय समेत प्रस्तुत गरेका थिए ।
No description available.

सभाले उक्त प्रतिवेदन सँगै विधान सम्शोधन समेतलाई ध्वनि मत द्वारा अनुमोदन गरेको थियो । सभाले संस्थाका स्थापना काल देखिका पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । यसरी सम्मान पाउने पुर्व अध्यक्षहरुमा सुक बहादुर लिम्बू , तेजमान लिम्बू ,कमान सिं थेगिम,टंकवीर लिम्बू , छत्रबहादुर वि.क. , डम्बर वि.क. लगाएतका हुनुहुन्छ । सभामा सामुदायिक वनको संरक्षणमा लामो समयदेखि कार्य गर्दै आएका व्यक्तित्व देखि छिमेकी वनका प्रतिनिधि , विभिन्न सामजिक व्यक्तित्व आदिले शुभकामना मन्तव्य राखेका थिए ।

No description available.

जस्मा सामुदायिक नगरमहासंघ अध्यक्ष आन्दसागर तिंसीना , प्रदेश महासंघ सचिव अग्नी पौडेल , प्रमुख अतिथि वडाध्यक्ष नन्द प्रसाद खतिवडा महिला सामाजिक अभियन्ता शान्ता राई लगायत विभिन्न छिमेकी सामुदायिक वनका प्रतिनिधि समेत रहेका थिए ।शुभकामना मन्तव्य राख्ने अधिकांश वक्ताले संस्थाले वन सुरक्षा सँगै समुदायमा गरिएको गरिवी न्युनिकरणका काम प्रति भने निकै प्रसंसा गरेका थिए । साथै शुभकामना मन्तव्यकै क्रममा लेटाङ्ग नगरमहासंघ अध्यक्ष तिंसिनाले राख्नु भएको प्रस्तावना ” एक मृत्यु , एक विरुवाको अवधारणा एवं अतिथी सम्मानमा स्थानिय फुलको माला प्रयोग गर्नुलाई उनले गरेको प्रसंसाको सभाले जोडदार तालिले सममान गरेको थियो ।
No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय