तिम्रो गुलाफको जस्तो ओठ
तिम्रो मयुरको जस्तो बदन
तिमीलाई देखेपछि मेरो
हृदयको भयो भाव परिवर्तन
बनाउन चाहन्थें

म तिम्रो प्रेमी तिमी मेरो प्रेमिका
तर अफ्सोच
न बन्न सकें म कृष्ण,
न तिमी बन्न सक्यौ राधा
हावा आयो, हुरी आयो
ऐया भन्न पाइनन
साँझ ढल्किसक्यो तर
उनी आइनन् ।

जुन जस्तो चम्किलो अनुहार
तिमी नै हौ मेरो कोहिनूरको हार
हामीसंगै हुँदा हुन्छ धरती र आकाशको मिलन
लैला र मजनुको प्रणय जस्तै चलाउं हाम्रो मायाको चलन ।।

हावा आयो, हुरी आयो
ऐया भन्न पाइनन
साँझ ढल्किसक्यो तर
उनी आइनन्

संगै बाँच्ने- मर्ने बचन खाएकै छौं
हरेक मोडमा साथ पाएकै हौं
तिम्रो यादले मलाई हर पल सताउँछ
तिमी भेट्न आए यो मन सान्त तुल्याउछ ।।।

तिम्रा ति जुल्फी बाल,
कलिला हाड
र ती तिम्रा निर्दोष आंखा
पात पतिंगर चरा चुरुंगीले पनि गीत
गाउंछ हाम्रै प्रेमको भाकाले
हावा आयो, हुरी आयो
ऐया भन्न पाइनन
साँझ ढल्किसक्यो तर
उनी आइनन् ।

संसारलाई सिकाउँन सक्नेसम्म हाम्रो प्रेमको महत्व
यहि नै रहेछ हाम्रो जीवनको अस्तित्व
होमोजेनस मिक्सचर जस्तै हाम्रो प्रेमको केमेष्ट्री
मनमुटुमा बसेको सबै तिमीलाई रेन्ट फ्रि
छुटाउन सक्ला बरु सूर्यको उज्यालो चन्द्रमाको शीतलो
जो कोहीले छुटाउने छैन हाम्रो माया फितलो !

हावा आयो, हुरी आयो
ऐया भन्न पाइनन
साँझ ढल्किसक्यो तर
उनी आइनन्

रचनाकार :- कृश अर्याल  “जिज्ञासु”
(Student at BBMLLB , KATHMANDU UNIVERSITY SCHOOL OF LAW )

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय