![](https://www.sandeshprawah.com/wp-content/uploads/2023/04/रवि-लामिछाने.jpg)
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी फरार अभियुक्त रहेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा रविले फरार अभियुक्तलाई बिरामी भनेर करार नगर्नसमेत आग्रह गरे ।
“उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । भाग्नुभएको अभियुक्त हो,” रविले भने, “फरार अभियुक्तलाई बिरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठुलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गरियोस् ।”
कोइरीको विषयलाई लिएर भएको सत्तापक्षका सांसदहरूको विरोधपछि प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगित भएको छ ।