तामाङ सेलो गित संगीतमा फरक धार अनि नयाँ पन सहित तयार भएको रमेश दोङ तामाङको प्रस्तुतिमा अमिर लोप्चन र जितु लोप्चनको अवाजमा रहेको सेलो डान्सिङ गित Machhi Jalaima(माछी जालैमा) सार्वजनिक भएको हो।

TSC DIGITAL media offiial युटुव च्यानल मार्फत रिलिज भएको उक्त गितमा तामाङ गित संगीतमा स्थापित हुन सफल सुमधुर स्वरका धनी गायिका जितु लोप्चन संगै पछिल्लो समय टिक टकमा चर्चा पाउन सफल गित मोहनी रैछ बोलिका गायक अमिर लोप्चनको दम्दार अवाजमा सजिएको हो।

यस्तै गरि दर्जनौ चर्चित गितहरु कोरिसकेका गितकार जिवि तामाङको शब्द संगै उत्कृष्ट गितहरु गाउनुका साथै संगीत भरेका गायक/संगीतकार कोसिस थोकारले बुलन्द संगीत भरेका हुन। गितलाई एरेन्ज,मिक्सिङ गायक तथा संगीतकार सानुबाबु घिसिङले गरेका हुन। भने पोस्ट प्रडक्सन सन्तोष गोलेले गरेको हो।

गितलाई TSC DIGITAL युटुव च्यानल मार्फत सार्वजनिक गर्ने भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय