काठमाडौं – साताको तेस्रो दिन मंगलबार सेयर बजारमा भारी अंकको वृद्धि भएको छ । आज नेप्शे परिसूचक ५६ दशमलव ९४ अंकले बृद्धि हुँदा २१८६ दशमलव ३६ को विन्दुमा कायम भएको हो।

आज कुल ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ७९५ रुपैयाँ कायम भएको छ ।

यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८८७ रुपैयाँ कायम भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रति शेयर मूल्य ५०७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय