काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य  दिएको छ । मुल्तानमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले कप्तान बाबर आजम र इफ्तिकार अहमदकाे शतकीय योगदानकाे मद्दतमा  ६ विकेट गुमाएर ३४२ रन बनाएकाे हाे ।

बाबरले १३१ बलमा १५१ रन बनाए ।  १४ चाैका र ४ छक्का प्रहार गरे भने  इफ्तिकारले अबिजित १०९ रन बनाए । बाबर र सादब खानलाई साेमपाल कामीले अन्तिम ओभरमा आउट गरेको थियो । यसबाहेक नेपालका लागि करण केसी, सन्दीप लामिछानेले एक एक  विकेट लिए। पाकिस्तानका २ खेलाडी रन आउट भएका थिए ।

छैटाैँ ओभरमा पाकिस्तानको २१ रन हुँदा करणले ओपनर फकार जमानलाई १४ रनमा आउट गरेको खेलको लगत्तै अर्को ओभरमा इमाम उल हक ५ रनमा रन आउट भएसँगै पाकिस्तान दबाबमा परेको थियो । तर कप्तान बाबर र मोहम्मद रिजवानले तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै पाकिस्तानलाई अघि बढाएका थिए। रिजवान ४४ रन बनाएर रन आउट भए भने  अगाहा सलमान ५ रनमा आउट हुन पुगे । विकेट पतन सामान्य नै रहे पनि नेपाली बलरले पाकिस्तानका ब्याटरलाई खुलेर खेल्न भने दिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय