२०८० असोज २२ गते
काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् ।

व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् आजदेखि बुकिङ खुला गरिएको हो । भाडा बढाइएको छैन । पुरानै भाडादरमा टिकट पाइने छ ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय