ललितपुर, २ कात्तिक– जुवा खेलिरहेको अवस्थामा प्रहरीले ललितपुरबाट ६ जनालाई पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिका–४ स्थित एक एक घरमा जुवा खेलिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवाडेको साथबाट प्रहरीले ९४ हजार ९ सय ७० रुपैयाँ बरामद गरेको छ । घर भाडामा लिएर फेन्सी पसल सञ्चालन गरेका रेवती नेपालीले जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ ।