मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बिहिबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बिहिबार बिहान ८:३० बजे एफपीओ बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले असोज २५ देखि असोज ३० सम्म एफपीओ निष्काशन गरेको हो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले असोज ४ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्काशन गरेको हो।