क्वालालम्पुर- किरात याक्थुङ चुम्लुङ मलेसिया साखाको आयोजनामा चासोक तङ्नाम साझ-२०८० भब्यताका सम्पन्न भएको छ। किरात लिम्बुहरुको महान चाड चासोक तङ्नामको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो। मलेसियामा कार्यरत किरातीहरुलाई लक्षित गरि आयोजना गरिएको सो कार्यक्रममा लिम्बू जातिको खानाका विशेष परिकारहरु राखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास मलेसियाका राजदुत डिल्लि राज पौडेल रहनु भएको थियो भने मलेसियाका विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। क्वालालम्पुरको एरिना स्टार होटेलमा सम्पन्न सो कार्यक्रममा लिम्बू सास्कृतिक कार्यक्रमहरुको बेजोड प्रस्तुती रहेको थियो।
नेपालबाट आमन्त्रित कलाकार गायिका जसोदा सुब्बाको बेजोड प्रस्तुतिले उपस्थित सम्पुर्ण दर्शकलाई छमछमी नचाउन सफल भइन। यस्तै हङकङबाट आएकी गायिका सीता सिंघकको प्रस्तुतिले पनि भरपुर मनोरञ्जन दिलाएको थियो। साथै स्थानीय कालाकारहरुको पनी धमाकेदार प्रस्तुती रहेको सो कार्यक्रम बरधोज अख्राबु लिम्बुले संचालन गरेका थिए।