लेटाङ- सहिद स्मृति प्रतिष्ठान लेटाङ्गले निर्माण गर्न लागेको (सहिद पार्क) मा सहिद हरि भट्टराईको प्रतिमा नगर प्रहरीले तोडफोड गरेको छ। बिहीवार मात्र औपचारिक रुपमा समुद्धघाटन सम्पन्न सहिद स्मृति प्रतिष्ठानमा राखिएको भट्टराईको प्रतिमामा तोडफोड भएको हो। सहिद हरि भट्टराई (परिवर्तन) को सालिक लेटाङ नगरपालिकाको नगर प्रमुख भुपेन्द्र कुमार लावतिको ठाडो निर्देशनमा नगर प्रहरीले हटाएको छ ।

प्रतिष्ठान निर्माण स्थलका लागि नगर प्रमुखकै कार्यकक्षमा भेट गरेर मौखिक जानकारी सहित सो कार्यलाई अगाडि बढाईएको प्रतिष्ठानका अध्यक्ष लम्सालले बताए। यसरी जानकारी सहित अगाडि बढ्दा नगर प्रमुखले दादागिरी शैलिमा प्रतिमा हटाएर तोडफोड गर्नु समग्र लेटाङ्गबासीको अपमान गरेको बताए। “सहिद कसैको ब्यक्तिगत हुदैन, कुनै पार्टीको र धर्मको हुदैन” सबैको साझा र रास्ट्रको हुन्छ। यस्तो काममा भाजो हालेर नगर प्रमुखले गलत गरे ‘उनले थपे’।

नगर प्रहरीले सालिक हटाएर निर्माण स्थलमा तोडफोड गरेको भन्दै नेकपा माओवादी केन्द्र लेटाङले खेद प्रकट गरेको हो । शहिद स्मृति प्रतिष्ठान दर्ता गरी लेटाङ–४ र ५ मा पार्क निर्माणको काम सुरुवात भएको थियो । लेटाङ नगरबाट १० वर्षे जनयुद्दको समयमा १६ जना लेटाङबासीले साहादत प्राप्त गरेका थिए । भने सो प्रतिष्ठान तिनै सहिदहरुको सम्झनामा निर्माण गर्न लागिएको हो।

ईश्वर ढुंगाना(प्रभात), हरि भट्टराई (परिवर्तन), डम्बर चेम्जोङ (अजम्बर) पुष्प भट्टराई (वादल), मेनुका चेम्जोङ (नमुना), डिल्ली पौडेल (दिलीप), केवल राना मगर(कमल) लगायत शालिकसहित पार्क निर्माण गर्ने काम थालनीका लागि शुरुवाती चरणमा रहेको थियो ।

सोही क्रममा पार्कमा सहिद हरि भट्टराई (परिवर्तन) को शालिक राखिएको थियो । सो शालिक नगरप्रमुख लावतीले नगरप्रहरी लगाएर हटाएको र निर्माण स्थलमा तोडफोड गरेको भन्दै माओवादीले त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

शहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्साल (अनन्त) ले शालिक हटाएर बहादुरी देखाएको भन्दै त्यसका परिणाम ठिक नहुने चेतावनी दिनुभएको छ । उहाँले सयौं संघसंस्थाले जग्गा अतिक्रमण गर्दा मौन रहने प्रमुख लावतीले सहिद पार्कमा गिद्धे नजर लगाएको आरोप लगाउनुभयो । यसबारे बुझ्न मेयर लावतीलाई फोन सम्पर्क गर्दा फोन उठेन।

– नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी
लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
आज नेकपा माओवादी केन्द्र लेटाङले तालाबन्दी गरेको हो । नगरप्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराई (परिवर्तन) को सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले तालाबन्दी गरेको छ ।

लेटाङ–४ मा शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माणको काम सुरुवात भएको थियो । लेटाङ नगरबाट १० वर्षे जनयुद्दको समयमा १६ जना लेटाङबासी ज्यान गुमाएका थिए । उनीहरुको शालिकसहित पार्क बनाउने कार्यको सुरुवातकै क्रममा नगरप्रमुख लावतीले अवरोध सिर्जना गर्न नगर प्रहरी परिचालन गरेर शालिक हटाउने काम भएको ठहर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय