क्वालालम्पुर- नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन-२०२४ कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।

जनवरी २५ तारिख बिहिवार क्वालालम्पुर स्थित ग्रेण्ड कन्टिनेन्टल होटलमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन) को सभापतित्व , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका संघीय  अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा , नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राई लगायत मलेसियामा स्थापित नेपाली ब्यावसायी , रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक , सामाजिक संघसंस्थाका अध्यक्ष , पदाधिकारीहरुको आतिथ्यता र नेपाली श्रमिकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

पदाधिकारीहरु स्वदेश फर्किएपछी लामो समयसम्म स्थगित गरेको फोनिज मलेसियाको अधिबेशन बिहिबार नया कार्यसमिति चयन गर्दै दोस्रो अधिबेशन भएको हो ।

इश्वर राईले संचालन गरेको उक्त कार्यक्रमको संयोजन अर्पण मगरले गरेका थिए । अधिवेशन कार्यक्रमको पहिलो औपचारिक कार्यक्रमको समापन सभापति घनश्याम चौधरी (आरएन) ले घोषणा  गर्नुभएको थियो । त्यस लगत्तै आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राईको संयोजकत्वमा दिल केरुङ लिम्बू , जीवन देवान गाउँले, सुन्दर आले सदस्य रहि निर्वाचन कमिटी गठन गरिएको थियो ।

सो निर्वाचन कमिटीले घोषणा गरे अनुसार फोनिज मलेसियामा १३ सदस्यी नयाँ कार्यसमिति निर्वाचित भएका छ्न ।

जसको अध्यक्षमा अर्पण मगर उपाध्यक्ष घनश्याम चौधरी (आरएन थारु) , सचिव ईश्वर राई  , सह-सचिव श्रष्टि सुनुवार , कोषाध्यक्ष मिलन दोङ् तामाङ , सदस्यहरुमा क्रमशः सविन लोप्चन तामाङ , जुद्दा चौधरी , सुर्या घर्ती मगर , सन्तोष थामी , यज्ञ कुमार राई , बिन्दु दर्लामी मगर , शाही कुमार तामाङ , सन्तोष राई निर्वाचित भएका हुन् ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि , विशेष अतिथि , अतिथि लगायतले फोनिज मलेसियाको अधिवेशनबाट निर्वाचित नव कार्यसमिति लाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय