मलेसिया- मलेसियामा भिषा बिहिन रहेका बिदेशीहरुलाई स्वदेश फिर्ता कार्यक्रम मार्च १ मा सुरु हुने गृहमन्त्री दातुक श्री सैफुद्दीन नासुशन इस्माइलले बताएका छन्।

गत वर्ष डिसेम्बर ३१ मा समाप्त भएको पुन: क्यालिब्रेसन कार्यक्रम २.० ले भिषा बिहिन विदेशी कामदारहरूलाई भिषा लिन मद्दत गरेको छ। “यद्यपि, देशमा अझै पनि भिषा विहिन विदेशीहरू छन् त्यसैले हामी मार्च १ बाट स्वदेश फिर्ता कार्यक्रम सुरु गर्दैछौं,” उनले बुधबार गृह मन्त्रालयको मुख्यालयमा पत्रकार सम्मेलनमा भने।

यस कार्यक्रमले अवैध विदेशीहरूले ३०० देखि ५०० रिंगेट जरिवाना तिरेर स्वदेश जान सहज बनाउने छ, उनले बताए ।

अर्को विषयमा सैफुद्दीनले विदेशी कामदारको कोटामा रोक लगाउने म्याद थप गर्न मन्त्रिपरिषद् सहमत भएको बताए । विदेशी कामदारका लागि स्वीकृत कोटा र पुनः क्यालिब्रेसन कार्यक्रमले विदेशी कामदारको माग पूरा गर्न सक्ने भएकाले मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो, उनले भने ।

सैफुद्दिनले मन्त्रिपरिषदले विदेशी कामदारका लागि तीन मुख्य स्रोत देश नेपाल, बंगलादेश र इन्डोनेसियासँग विगतका सम्झौताहरू पुनरावलोकन गरेको पनि बताए।

मलेसियामा ७७ प्रतिशत वैदेशिक श्रमिक आपूर्ति गर्ने भएकाले हामीले यी तीन देशबाट सुरु गरिरहेका छौं, उनले भने ।

विदेशी कामदार भर्ना गर्ने प्रक्रियालाई तीव्रता दिने, आप्रवासी लागत घटाउने, कामदारको हित सुनिश्चित गर्ने र रोजगारदाताको अधिकारको रक्षा गर्ने उद्देश्य रहेको सैफुद्दिनले बताए।
स्रोत- द स्टार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय