लेटाङ-  नोवेल एजुकेशन एण्ड डेभ्लोप्मेन्ट फाउण्डेशनले आफ्नो १८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भब्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक लगायतलाई सम्मान गर्नु गरेको हो।  साथै विभिन्न साँस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरेर मनाएको छ ।

वर्षिकोत्सवको अवसरमा नोवेल एजुकेशनले वर्षका उत्कृष्ट १० जना विद्यार्थीलाई सम्मान गरेको हो। पठनपाठन, अनुशासन लगायत अतिरिक्त क्रियाकलापको नतिजाका आधारमा विद्यालयले १० जना विद्यार्थीलाई स्टुडेन्ट अफ दी इयरको रुपमा सम्मान गरेको जनाएको छ।

उत्कृष्ट बिध्यार्थीमा तनिसा लिम्बू सर्वोत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छन्। शुभाश्री पाण्डे फष्ट रनरअप र शिला खतिवडा सेकेण्ड रनरअप बनेका छन। यसैगरि कञ्चन तामाङ चौथो, सभ्या पाण्डे पाँचौं, एञ्जल राई छैटौं, करिना काफ्ले सातौं, युनिस्का लिम्बू आठौं, सजीना लिम्बू नवौं र क्यारोलिन लिम्बू दशौं बन्न सफल भएका छन् ।

वर्षिकोत्सवको अवसरमा ०७९ सालको एसइइ परीक्षामा संस्थागत विद्यालय मध्येमा छात्र र छात्रा दुवैतर्फ नगरमै उत्कृष्ट बन्न सफल नोवेल एजुकेशनका २ जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ ।
May be an image of 11 people, child, dais and text

यसैगरि उत्कृष्ट ३ जना अभिभावकलाई पनि वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो । उत्कृष्ट अभिभावक झल्का बस्नते, रिता बस्नेत र निरा ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसैगरि तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल तेक्वान्दो खेलका प्रशिक्षक राजन राई, उत्कृष्ट शिक्षक वेनु दवाडी र शान्ता नेम्वाङलाई पनि सम्मान गरिएपनी हो ।

अन्य विद्यालयमा गएर  उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेश प्रमुखबाट सम्मानित भएका पूर्वविद्यार्थी विनम पाङ्मी मगरलाई पनि विद्यालयले नगदसहित सम्मान गरेको छ ।
May be an image of 5 people, people dancing and text

भने नोवले एजुकेशन एन्ड डेभलपमेन्ट फाउन्डेसनले विद्यालयलाई उत्कृष्ट नतिजा दिलाउन सफल विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई हौसला स्वरुप मायाको चिनो प्रदान गरेको छ ।

ReplyForward

Add reaction

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय