रबिन्द्र बराल/ मोरङ
रङ्गेली अस्पतालमा हाइड्रोसिलको निःशुल्क उपचार सुरु भएको छ। गत शुक्रबारदेखि हाइड्रोसिलको अपरेसन सेवा सुरु भएको हाे । उक्त सेवामा रङ्गेली नगरपालिका सुनबर्सी नगरपालिका धनपालथान गाउँपालिका लगायत आसपासका स्थानीय हरुले सेवा लिइरहेका छन्।
शुक्रबारदेखि भएको शिविरमा हालसम्म २० जनाले हाइड्रोसिलका बिरामी हरुकाे सफलता पुर्वक अपरेसन सफल पुर्वक भईरहेकाे छ । शिविरमा २५ वर्ष काे युवा देखि ८० वर्ष सम्मको वृद्धहरूले समेत निःशुल्क सेवा लिईरहेका छन । शिविरमा बिरामी हरुकाे लागि निशुल्क यातायात ,खाना काे समेत व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यलय का अधिकृत अनिल देव ले बताए ।
हाइड्रोसिलको सेवा निजी अस्पतालमा गरेमा २० देखि २५ हजार रुपैयाँ सम्म लाग्ने गरेकाे भएता पनि स्वास्थ्य कार्यलय माेरङ ले निशुल्क सेवा सुरु गरेको बताए । माेरङ भरिका ३ सय जना काे निशुल्क अपरेसन गर्ने र पुन हाइड्रोसिलको बिरामी थप भएमा पुन समय थप गरेर अप्रेसन समेत गरिने अनिल देव ले जानकारी दिएका छन ।
उक्त शिविर स्वास्थ्य कार्यालय मोरङ को आयोजना र रंगली अस्पतालको सहयोगमा साे सिविर एक महिना सम्म गरिने अस्पताल प्रशासन का ओम प्रकाश यादव ले बताए ।