आफ्नो नयाँ नयाँ  इनोभेटिभ , रचनात्मक विचारहरु प्रयोग गरि  बिजनेस विचार सेयर गर्ने कार्यक्रम ‘हल्ट प्राइज यट नेपाल ल क्याम्पस २०२४ ’ सम्पन्न भएको छ।

नेपाल ल क्याम्पसले विगत ३ वर्षदेखि सुरु गरेको यो तेस्रो संस्करण हो। यो सिजनमा ५  टिम रहेको थियो भने ३ जनाले विजेता हासिल गरेका छन्।

प्रथम हुनेमा बायो  बबल ग्रुप रहेको छ। यसमा ३ जनाको समूह थियो। संगीत खड्गी , कामना पौडेल र अस्मिता खड्का रहेका थिए। दोस्रो हुनेमा ए -स्क्वाड ग्रुप र तेस्रो  हुनेमा टेराकोटा रहेका छन्।

हल्ट प्राइज विश्वव्यापीरुपमा हल्ट फाउण्डेसेनद्वारा संचालित एक प्रतियोगिता हो जसमा प्रतियोगीहरुले आफ्ना व्यापारिक आइडियाहरुलाई प्रस्तुत गर्दै अर्थात पिच गरेर एक मिलियन डलर जित्न सक्ने छन्। यो  कार्यक्रममा  विद्यार्थीहरूले ४ मिनेटभित्र आफ्नो बिजनेस विचार सेयर गरिसक्न पर्ने नियम रहेको थियो।

यस वर्षभने  प्रतियोगितामा प्रतिस्पर्थीहरुकोलागि शीर्षक “अनलिमिटेड” रहेको थियो। जसकारण प्रतिस्पर्थीहरुलाई आफुलाई मनपरेको ,नयाँ नयाँ विचारहरु सेयर गर्न सहज भएको थियो।

यसपटक यहि नै शीर्षक हुनुपर्ने भन्ने मापदण्ड नभएकोले प्रतिस्पर्थीहरुलाई आफ्ना बिजनेस आइडियाहरु प्रस्तुत गर्न सजिलो भएको भनि यस वर्षका हल्ट यट नेपाल ल क्याम्पसका  निर्देशक  अनुष्का देवकोटाले बताइन्।

उनकै निर्देशनमा रहेको क्याम्पस आयोजक कमिटीले प्री इभेण्टका रुपमा “Warmth For Happiness” कपडा दान तथा वितरण कार्यक्रमलाई समापन गरेको थियो ।सो कपडा दान तथा वितरण कार्यक्रम नेपाल स्नेही काख र क्लोथ बैंकमा वितरण गरिएको थियो ।

साथै दर्शकहरुमाझ हल्ट सम्बन्धि छोटो हाजिरी जवाफ प्रतियोगिता पनि भएको थियो। सहि जवाफ दिनेहरुलाई पुरस्कृति पनि गरिएको थियो। निर्णायक मण्डलले  ‘हल्ट प्राइज यट नेपाल ल क्याम्पस २०२४ ’ को विजेताहरु छनोट गर्दै गर्दाको अन्तिम समयमा  केहि विद्यार्थीहरुले आफ्ना कविताहरु प्रस्तुत गर्दै दर्शकहरुमाझ  रमाइलो गरेका थिए।

कार्यक्रमको अन्तिममा हल्ट प्राइज नेपाल ल क्याम्पस २०२४ का क्याम्पस निर्देशक अनुष्का देवकोटाले  यस कार्यक्रमलाई साकार पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका थिए ।

हल्ट प्राइज यट नेपाल ल क्याम्पस २०२४ बाट विजेता भएकाले नेपाल भरिकासँग प्रतिष्पर्धा गर्ने र नेपालबाट विजेता भएकाले एसिया महादेश हुँदै विश्व प्रतिष्पर्धामा जानेछन्। गत वर्ष नेपाल ल क्याम्पसको टिम नेपालबाट छानिएर दुबईमा प्रतिष्पर्धाका लागि गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय