मलेसिया : मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत दावा शेर्पालाई नेपाली राजदुतावास मलेसिया द्वारा सम्माम गरेको छ।
सोलुखुम्बु जिल्ला, दुधपोखरी नगरपालिका -१० स्थायी घर भई मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनी मा कार्यरत शेर्पाले मिति २० मार्च २०२४ को विहान एट्रीया समिप्ङ कम्प्लेक्स महल दमन्सरामा ड्युटीको क्रममा भेटिएको आर एम ५८७५१६ रिंगेट सहितको पैसाको झोला इमानदारीपूर्वक आफु कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेको कारण बिदेशी भुमिमा नेपाल र नेपालीको शिर उच्च बनाएकोले नेपाली राजदुतावास मलेसियाद्वारा सम्मान गरेको थियो ।
दूतावासले शेर्पा कार्यरत कम्पनीको मालिक तथा शेर्पालाई समेत दूतावासमा नै निमन्त्रणा गरेर नेपाली राजदुतावास मलेसिया परिवारको बिच भेटघाट गरि शेर्पा लाई आज ईमान्दारीताको कदर गर्दै सम्मान गरेको हो।