क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ ।
मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको esplanade mall मा भएको खेलमा पदकहरु जितेका हुन। जस मध्य नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक हाशिल गरेका थिए भने हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जितेका हुन ।

नेपालबाट मलेसियामा पुगेका १६ जनाको जम्बो टोलिमा १२ खेलाडी सहित टिम म्यानेजर आशिष घिमिरे, रेफ्री उमर खान र प्रशिक्षक द्वय रोशन खान र कमल भट्टराई प्रशिक्षक रहेका थिए । रोशन खान तेक्वान्दो चितवन जिल्लाको प्रशिक्षक पनि हुन ।
आईतवार सम्पन्न खेलमा मलेसिया, नेपाल, जापान, ईन्डोनएसिया, ब्राजिल, चाईना, ताईवान, भारत गरि जम्मा ८ देशको सहभागी रहेको थियो।

त्यस्तै खेल पश्चात् पत्रकारहरुसँग प्रशिक्षक खानले अहिले सम्म नेपालमा स्थानीय तह, प्रदेश र संघीय सरकारले विश्वभरी देशको नाम चिनाउने खेलाडी अथाह खेल्कुद भए पनि अहिले सम्म खेल्कुद क्षेत्रमा जति बजेट पाउनु पर्ने पर्याप्त बजेट नपाएकोले नेपाली खेलाडी पछि परेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय