लेटाङ,पुष-१३ । लेटाङ नगर भलिबल क्लबको छैटौं साधरण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले अध्यक्षमा ललित बहादुर लिम्बू सहित १६ सदस्यीय नया कार्यसमिति निर्वाचित गरेको हो। लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेश भलिबल संघका अध्यक्ष खेम राई रहेका थिए।
यसैगरी अतिथिहरु लेटाङ नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष डम्बर बहादुर राई, वडा नम्बर ४ का वडा अध्यक्ष राम श्रेष्ठ, नगर भलिबलका वरिष्ठ प्रशिक्षक प्रकाश थपलिया, सस्थापक अध्यक्ष होम बहादुर निरौला, सल्लाहकार हरि बहादुर निरौला रहेका थिए।
नगर भलिबल क्लबका नवनिर्वाचित समितिलाई कार्यकाल सफल्ताको सुभकामना सहितको मन्तव्य अतिथिहरुले राख्नु भएको हो। नगर भलिबल क्लबको सुधार र आगामी कार्ययोजनाबारे नगर प्रमुख लावतिले चर्चा गर्नुभएको थियो।
लेटाङ नगरको सम्पत्तिको रुपमा स्थापित लेटाङ नगर भलिबल क्लबको कार्यप्रगती बारे नगर प्रमुखले खुलेरै प्रसंशा गर्दै खेलकुद सबै मानव जिवनमा आवश्यक रहेकोले खेलकुदलाई लेटाङ नगरपालिकाले महोत्सवको रुपमा मनाउने तयारीमा आफुहरु लागिपरेको बताउनु भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै भन्नू भयो। “खेलकुद सबैका लागि आवश्यकता हो”। विशेषगरी युवा पिडिहरुलाई लागू औषध दुर्व्यशनबाट टाढा राख्न र रास्ट्रीय खेलाडी उत्पादनका लागि खेलकुद अति आवस्यक छ। नगरपालिकाले आगामी दिनमा क्रीकेट र फुटबलका लागि पनि प्रसिक्षक राख्नेबारे छलफल भइरहेको मन्तव्यका क्रममा बताउनु भएको हो।
यस्तै नव निर्वाचित अध्यक्ष ललित बहादुर लिम्बुले आफ्नो कार्यकालमा क्लबमा भएका सुधार तथा कार्यप्रगतीको विवरण बाचन गर्नुभएको थियो। ३ बर्ष यता लगातार क्लबलाई यो स्थान सम्म ल्याउन सहयोग गर्ने सबै समितिका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका छन। लेटाङ नगर भलिबलको जिम्मेवारीमा फेरि पनि आफुलाई निर्वाचित गराउने सबैलाई धन्यवाद ब्यक्त गर्दै भने” बिगतमा जे जति गर्न सके अब आगामी दिनमा त्यो भन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता जाहेर गर्छु।” खेलाडीहरुको मनोबल उच्च राख्न र क्षमता बिकास गर्न र खेलाडी उत्पादन गर्न सबैले आ आफ्नै तहबाट सहयोग गर्नुपर्छ। मेरो क्षमताले भ्याए सम्म यो क्लबलाई अगाडि बढाउने कोसिस गर्ने छु। “उनले थपे”
निर्वाचन मण्डलका संयोजक सम्भु रानाले नव निर्वाचित समितिको अन्तिम नामावली सार्बजनिक गर्दै १७ सदस्यीय समिति निर्वाचित भएको घोषणा गरेका थिए। क्लबको अधिबेशन गराउन पाएको जिम्मेवारी पूरा भएको र सो जिम्मेवारी प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए। करिब ४ घन्टा चलेको सो कार्यक्रमलाई महासचिब रबिन चाम्लिङ राईले संचालन गरेका हुन।