मोरङ- मुकुम्लुङ (पाथिभरा) मा केबलकार निर्माण खारेजिको आन्दोलनलाई लिम्बुवान रास्ट्रीय मुक्ती मोर्चाले समर्थन गरेको छ।
लिम्बुहरुको आस्थाका केन्द्र (मुन्धुमी स्थल) मानिदै आएको मुकुमलुङ क्षेत्रमा केबुलकार निर्माणको प्रारम्भिक चरणबाटै शान्तिपूर्ण
आन्दोलन मार्फत बिरोध गर्दा आन्दोलन दबाउन गरिएको हर्कतको मोर्चाले खुलेर बिरोध गरेको छ।
कमिसनको लालचमा लिम्बू समुदायको मौलिक र सास्कृतिक सम्पदालाई मास्न खोजिएको प्रती गम्भीर ध्यानाकर्षण भएको मोर्चाले जनाएको हो। शान्तिपुर्ण आन्दोलनलाई सरकारले भाडाको गुण्डाहरु परिचालन गरि आन्दोलनकारी माथिको भौतिक आक्रमण र
प्रहरी प्रसाशनले लाठी चार्ज गर्ने र गोलि हान्ने जस्ता क्रियाकलाप प्रती मोर्चा द्वारा भत्सर्ना गरिएको छ।
मोर्चाका महासचिव पकन्दी लिम्बू र अध्यक्ष मुक्साहाङ मेन्याङ्बो द्वारा हस्ताक्षरीत जारी बिज्ञ्पतीमा भनिएको छ। प्रहरीकै संरक्षणमा आन्दोलनकारी माथिको खुकुरी प्रहार धरपकड र दमन भएको छ।
मानव अधिकारको ख्यालै नगरी आन्दोलनकारी माथिको अन्धाधुन्ध गोलि प्रहार हुदा ३ जना आन्दोलनकारी घाइते भएका छन। यस्ता खालका राज्यको बर्बरता पुर्ण सरकारको कदम प्रती मोर्चाले बिरोध गर्दै घाइते सबैको निशुल्क उपचारको माग गरेको छ।
आदिवासीहरुको मुन्धुमी स्थलमा केबलकार निर्माण कार्य अबिलम्ब रोकेर समस्या समाधान खोज्नको साटो घट्नालाई हिंसात्मक र उत्तेजित पार्न सरकार उद्दत रहेको मोर्चाको आरोप छ।
आन्दोलनलाई छलफल र सम्बादको माध्यमबाट समस्याको हल गर्न मोर्चाले सरकारको ध्यानाकर्षण समेत गरेको छ।
नश्लवादी चरित्र भएको शासक वर्गले गर्न खोजेको थिचोमिचो जालझेल र सडयन्त्रकारी भुमिका र कदमको डटेर सघर्षमा जुट्न समेत मोर्चाले बिज्ञप्ती मार्फत अपिल गरेको छ। भने यो मोर्चा नेकपा माओवादी केन्द्र सम्बद्ध जातीय मोर्चा हो ।
बिज्ञप्तीको पूर्णपाठ यस्तो छ।