लेटाङ, माघ-११।
फागुन ९ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरे संगै बिद्यार्थीहरुमा चुनावी सरगर्मि बढेको छ । आउदो चैत ५ गते तय ‍भएको स्ववियु निर्वाचनको लागि विद्यार्थी संगठनहरु चलायमान भईसकेका छन् । स्वबियु निर्वाचनका लागि बिद्यार्थी संगठनहरुले आ आफ्नै तयारी तिब्र रुपमा थालिसकेका छन।

यसैबिच मोरङको ,लेटाङ ०५ स्थित लेटाङ  क्याम्पसको स्ववियु सभापतिमा लोकप्रिय विद्यार्थी नेता लेखनाथ दाहालकाे नाम चर्चामा आउन थालेको छ। नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (ने.वि संघ) को लेटाङ क्याम्पस  सभापति समेत रहेका दाहाल एक जुझारु, संघर्षशील, विकासप्रेमी र बौद्धिक विद्यार्थी नेताका रूपमा छवि बनाई सकेका बिद्यार्थी नेता हुन।

विद्यार्थी नेता दाहाल विद्यार्थीहरु माझ निक्कै रुचाईएका पात्र हुन। बिद्यार्थीका हक-अधिकारका निम्ति अहोरात्र खटिदै आएका दाहाललाई नेतृत्वमा ल्याउन पार्टी नेतृत्व तहबाटनै कसरत थालिएको उनी निकट श्रोतको दाबी छ ।

विद्यार्थीको मुद्धामा केन्द्रित भई विद्यार्थी हक अधिकारका निम्ति लड्दै आएका दाहाल नेतृत्वको समुहले  लेटाङ नगरपालिका भित्रका विभिन्न बिद्यालयमा शैक्षिक सामाग्री समेत प्रदान गर्दै आईरहेका छन् । यसैगरी  लेटाङ क्याम्पसमा समेत प्रत्येक विद्यार्थीको क्षमतालाई मध्यनजर गर्न दर्जनौं अतिरिक्त क्रियाकलाप समेत आयोजना गरीसकेका दाहालको स्वबियु निर्वाचन नजिकिए संगै यतिबेला लेटाङ क्याम्पसमा उनको नाम चर्चामा रहेको छ ।

आज आईतबार नेविसंघ लेटाङ क्याम्पसले  स्ववियु चुनाव लक्षित नेतृत्व छलफल गरेको छ । श्रोतका अनुसार सो छलफलमा नेविसंघ का विद्यार्थीहरूले एकस्वरमा दाहाल लाई निर्विरोध उम्मेदवारका रूपमा अघि सार्न खोजिएको बुझिएको छ ।

नेविसंघका विद्यार्थीहरुले स्ववियु सभापतिमा नेविसंघ को तर्फबाट दाहालकाे विकल्प अन्य उम्मेद्वार नभएको बताउछन । यस्तै सभापतिमा दाहाललाई  लिएर अगाडी बढ्ने विषयमा नेपाली कांग्रेस  लेटाङ  नगर समिती समेत सकरात्मक रहेको पाईएको छ ।

शैक्षिक बिषयमा हाेस या छात्रवृत्ति काे बिषयमा सदैब उनी अग्रसर भई छात्रवृत्ति पाउनै पर्ने विद्यार्थी हरुकाे पक्षमा रहि काम गर्दै आएका एक पात्र हुन दाहाल।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय