![](https://www.sandeshprawah.com/wp-content/uploads/2021/08/FB_IMG_1628372942265.jpg)
काठमाडौं : द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता किरण गजमेर बनेका छन् ।
हिमालय टेलिभिजन र द भ्वाइस अफ नेपाल युटुब च्यानलबाट ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा किरण गजमेरलाई द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता घोषणा गरिएको हो ।
गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । यो सँगै सिंगिङ रियालिटी सो द भ्वाइस अफ नेपालले आज तेस्रो विजेता पाएको छ ।
नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम भ्वाइस अफ नेपालको सिजन थ्रीको आज ग्राण्ड फिनाले भएको हो । जहाँ चार जना बीच प्रतिस्पर्धा भएको थियो ।
कोच दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङको टिमबाट एक–एक जना उत्कृष्ट प्रतिभा ग्रान्ड फिनालेमा पुगेका छन् । यो सिजनको सर्वोत्कृष्ट को होला भनेर संगीत प्रेमी दर्शकमाझ चासो, चर्चा र प्रतीक्षाको विषय बनेको थियो ।
टिम दीपबाट दार्जलिङका आर्यन तामाङ, टिम प्रमोद बाट किरण गजमेर, टिम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राईबीच प्रतिस्पर्धा भएको थियो ।
महा गुरु दीपको टिमबाट बुटवलका गोविन्द पुनलाई पछि पार्दै आर्यन अन्तिम चारमा पुगेका हुन् । भ्वाइसमा ‘कान्छा छोरा’ भनेर चिनिएका आर्यनले ‘जेठा छोरा’ गोविन्दलाई भोटिङमा पछि पारे ।
टिम प्रमोद बाट फाइनलम पुगेका किरण गजमेर अमेरिकामा बस्छन् । अमेरिकामा बस्दै आए पनि प्रति योगिताका लागि नेपालमा आएका किरणले सिक्किमका रवि गहतराजलाई पछि पारेर उपाधिको अन्तिम होडमा पुगेका हुन् ।