सुरेश यादव,नवलपरासी,भदौ-३ पश्चिम नवलपरासीको सुस्ता नारायणी नदीमा डुङ्गा डुब्दा दुई जना वेपत्ता भएका छन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ रेवामा डुंगा डुब्दा, डुङ्गामा सवार पाँच मध्ये दुई जना वेपत्ता भएका हुन् ।
तीन जना भने पौडी खेलेर बाच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो । वेपत्ता हुनेमा भारत विहार प्रदेशको भैसालोटन बस्ने ३० वर्षीय दशरथ कोइरी र सुस्ता गाउँपालिका–३ रेवा बस्ने मगंल विन रहेका छन् ।
उनीहरु माछा मार्न र दाउरा संङ्कलनका लागि नदीमा गएका थिए । विहान डुङ्गा डुवेपनि स्थानीयले ढिलो गरी मात्र प्रहरीलाई खबर गरेका कारण खोजी कार्य ढिलो गरी मात्र सुरु भएको प्रहरीले जनाएको छ ।
हालसम्म वेपत्ताको अवस्था पत्ता लाग्न सकेको छैन् । काठको गोलिया लिएर किनार तर्फ आउदै गर्दा डुंगाले भार थेग्न नसकेपछि डुबेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।