क्वालालम्पुर-मलेसियामा गोबिन्द कुमार थापाको शुक्रबार राती निधन भएको छ ।थापा रोजगारीको शिलशिलामा बिगत २० बर्ष अघि मलेसियाको पेनाङ राज्यमा आइपुगेका थिए।

गत अगस्ट २९ तारिख हिमालयन एयरलाइन्स बाट नेपाल पर्किन तयारी अवस्थमा रहेका उनी क्वालालम्पुर विमान स्थललमै अचानक बिहोस भइ ढलेका थापाको गए राती निधन भएको हो ।

विमान स्थलमै बिहोस भएका थापालाई प्रहरीको सहयोगमा पुनः उनी कार्यरय रहेको पेनाङ फिर्ता गरिएको थियो । फिर्ता भए लगत्तै तत्कालै जनउद्वार केन्द्र को सहयोगमा निबोङ तब्बल हस्पिटलमा भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्थामा सामन्य सुधार नभएपछि थप उपचार को लागि अगस्ट ३० तारिख सो अस्पतालबाट बिएमको जनरल अस्पतालमा लगिएको थियो।जनउद्धारको फलोअफमा सेप्टेम्बर २ तारिख मात्र रिपोर्ट आउने जानकारी थियो, तर अगावै थापाको उपचारकै क्रममा ज्यान गएको जनउद्धार केन्द्रका अध्यक्ष केसु थापाले बताए।

मृतक थापा लम्जुङ्बासी हुन मलेशियामा अबैधानिक हैसियतमा कार्यरत रहेका थिए भने लामो समय देखि बिरामी परेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय