क्वालालम्पुर- मलेसियामा मेचिनगर-३ झापाका निर्मल पोख्रेल सम्पर्क बिहिन भएको खबर सार्बजनिक भएपछि उनको अवस्था बारे जानकारी प्राप्त भएको छ।
केहिदिन अघि संदेश प्रवाह अनलाइनले प्रकाशीत गरेको खबर पछि अन्ततः निर्मल पोख्रेल मलेशियाको जेलमा रहेको पुष्टि भएको छ।सुरक्षागार्डमा अवैधानिक हैसियतमा कार्यरत निर्मल पोख्रेल मलेशियन अध्यागमनको छापामा पर्दा उनी सहित अन्य ७ जना पक्राउ परेको जानकारी प्राप्त भएको हो।
पोख्रेल संगै एउटै कम्पनिमा कार्यरत मोहन लिम्बुका अनुसार डे शिफ्टको ड्युटी खटिएकै बेला निर्मल पोख्रेल लगायत ७ जना सुरक्षागार्डको एक स्थानिय नागरिक सङ सवारी पार्किङको बिषयमा बिवाद भएपछि, तिनै नागरिकले प्रहरी लाई खबर गरेका थिए।
भने त्यसको केही घन्टा भित्रै अध्यागमनले घेरा हालेर उनिहरु लाई पक्राउ गरिएको थियो।