बिनोद निगम /असाेज ९ /:-  नवलपरासी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले २०७८/३/१३ देखि २०७८/५/२९ गतेसम्म काे समय सााढे २ महिनामा २कराेड ४९ लाख ४५ हजार २ सय ११ रुपैया बराबरको राजस्व दाखिला गरेकाे छ भने १० जना फरार अभियुक्त लाई पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का सुचना अधिकारी राजु लामाले जानकारी दिनु भयाे ।

जसमा २ कराेड १३ लाख २९ हजार४सय ११ रुपैया बराबरकाे हरियाे मटर ,कपडा,ईलेक्ट्रानिक सामान ,साधनका पार्टपुर्जा चिनि लगायतकाे सामानहरु भन्सार तथा राजस्व बिभागमा बुझाईएकाे छ।तेसै गरि ३२ लाख ९० हजार स्राेत नखुलेका नगद सहितका २जना ब्यक्तिलाई राजस्व कार्यालय पठाईएकाे बताईएकाे छ ।

अबैध खाेलामा उत्खनन गरिरहेका १५ वटा ट्रेक्टर र २ वटा जेसिबि लाई नियन्त्रण लिई ३ लाख ५ हजार बराबरकाे राजस्व सन्कलन भएकाे रअबैध काठ बाट २०हजार ८सयमूल्य राजस्व दाखिला गरिएकाे बताईएकाे छ ।

यसै गरि ७ वटा लागुअाैषध मुद्दा दर्ता गरिएकाे छ ।२०७८/३/१३ गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी मा सरुवा भई अाउनु भएका प्रहरी प्रमुख मनाेज कुमार यादव ले निकै सक्रियताका काम काजलाई निरन्तरता दिदै अाउनु भएकाे छ ।

जिल्लामा अाउदा अामनागरिकहरुलाइ शान्ति सुरक्षा मा कटिबद्ध रहेका प्रमुख यादवले तस्करहरुलाई भने तह लगाउनु भएकाे छ ।वहाँ अाएदेखि जिल्लामा तस्करीमा कमि अाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय