अर्जुन लिम्बू, क्वालालम्पुर। असोज-९ रोजगारीको सिलसिलमा करिब ४ बर्ष अघि सुरक्षागार्डको काममा मलेशिया आएका ६ जना नेपाली श्रमिकहरुको सनिवार गैर आवासीय नेपाली संघ(NRNA) मलेशियाको पहलमा उद्धार गरि नेपाल फर्काईएको छ।
वोर्ल्ड इन्टरनेसनल प्राइभेट लिमिटेड र प्रेसाइज इन्टरनेसनल प्राईभेट लिमिटेड मार्फत ब्लु फोर्स सेक्युरिटी सर्भिसेस एसडिएन.बिएचडी कम्पनीमा सन् २०१७ मा मलेशिया आईपुगेका उनिहरु कोरोना भाइरसको कारण कम्पनिको काम बन्द भएपछी तलब बिहिन बसेको बताएका थिए।
कम्पनिले तीन बर्ष सम्म तलब भुक्तानी गर्दै आएपनि पछिल्लो १ बर्षको अवधिमा कम्पनीले कन्ट्याक्ट नपाउदा तलब तथा सेवा सुबिधा नपाएपछि उनिहरु सहयोगको अपेक्षा राखेर गैर आवासीय नेपाली संघ मलेसियाको सम्पर्कमा पुगेका थिए । आफू लाई पठाउने म्यानपावर कम्पनी लाई पटकपटक भनसुन गर्दा सम्म वास्ता नगरेको बताए पनि म्यानपावर कम्पनीले कामदार संग सल्लाह परामर्श संगै तलब भुक्तानी गर्न नसकेको अनुरोध बिषय पछी उनीहरु सहमतिमै नेपाल फर्किएका बताए।
आफ्ना समस्याहरु दर्जनौंपटक म्यानपावर लाई सुनाउदा पनि केही सीप नलागेपछि अन्ततः उद्धार गरिदिन गैर आवासीय नेपाली संघ मलेशियाको सरणमा पुगेका थिए, भने पीडितहरुले दिएको निवेदनको आधारमा गैर आवासीय नेपाली संघको अनुरोध र नेपाली राजदुतावास मलेसियाको विशेष पहलमा उनिहरुको उद्धार गरि स्वदेश फर्काइएको छ।
नेपाल फर्काउन पिसि आर टेस्ट, र खाना ब्यावस्थापन खर्च गैर आवासीय नेपाली संघ मलेसियाले ब्यावस्थापन गरेको जानकारी संघकै स्वयंसेवक गोबिन्द घर्ती मगरले संदेश प्रवाह लाई जानकारी दिए।
-तलब किन पाएनन् कामदारले ?
रोजगारीको लागि मलेसिया आएका ६ जनै कामदार करिब १ बर्षको तलब बिनै स्वदेश फर्काइएको छ। यसबारेमा सुरक्षागार्ड भिसामा मलेसिया ल्याएका म्यानपावर कम्पनीका प्रतिनिधि डिक बहादुर राई संगको फोन सम्बादमा कामदार लाइ कन्ट्याक्ट टुटे पछी तलब भुक्तानी गर्न नसकिएको स्वीकारेका छन्।
यद्दपी नेपाल फर्किने हवाई भाडा टिकट खर्च आफ्नो पहलमा सुरक्षागार्ड कम्पनि संग दिलाई दिएको बताए।’ बिमान स्थल सम्म जाने ट्याक्सी भाडा आर.एम- ३०० समेत आफुले नेपाल बाट पैसा झिकाएर दिएको हो उनले भने’। म्यानपावरले केहि नगरेको होइन तर कोभिड-१९ को कारण कन्ट्याक्ट काम टुट्दा निम्तिएको समस्या हो, कामदार भाईहरु खुसि साथ नेपाल गएका छन’ उनले थपे।