![](https://www.sandeshprawah.com/wp-content/uploads/2021/10/akhil.jpg)
काठमाडौं- अखिल (क्रान्तिकारी)को अध्यक्षमा दाबी गरेर नपाएका ५ जना नेतालाई माओवादी केन्द्रले पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिने भएको छ । अध्यक्षको विषयमा सहमति नजुटेपछि आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको बैठकले पन्चा सिंहलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गर्दै अन्य दाबी गर्ने नेतालाई पार्टीको जिम्मेवारी दिने निर्णय गरेको हो ।
क्रान्तिकारीको अध्यक्षमा सिंहसहित सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमले दाबी गरेका थिए । उनीहरु सबैलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको प्रचण्ड निकटका एक नेताले जानकारी दिए ।
त्यसैगरि निर्वतमान अध्यक्ष रञ्जीत तामाङलाई पनि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ ।
माओवादी केन्द्रले विधानमै केन्द्रीय सदस्यमा ४० वर्ष नकटेका २० प्रतिशत राख्ने बाध्यकारी व्यवस्था गरेको छ । सोहि व्यवस्थालाई मध्यनजर गर्दै विद्यार्थी नेताहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।