बुधराज लिम्बू, ईलाम- माइ न: पा: को पाँच शहिदहरुको सहादत स्थल सुखानीमा मंगलवार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी इलामको आयोजा र राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिको सह- आयोजनामा भएको सरसफाई कार्यक्रममा शहिद पार्क भित्र फोहोर मैला ब्यबस्थापन गरिएको छ ।
शहिद पार्कलाई सुन्दर, स्वच्छ र आकर्षक बनाउन रङ्ग रोकन सहित सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिका अध्यक्ष कुमारले जानकारी दिए।
सरसफाई अभियानमा माई नगरका मेयर दिपक कुमार थेवे, उपमेयर बिष्णु माया आचार्य, नेकपा एमाले माई नगर कमिटि अध्यक्ष मुखराज आङ्देम्बे नगर कमिटी सचिव हेम बहादुर लायो मगर माइ दुई को वडा अध्यक्ष खम्बा सिङ लिम्बू इलम सचिब लगायत सदस्य बुद्धि खनाल , युबा संघ नेपालका माइ न पा अध्यक्ष कुमार लिम्बू, अनेरास्ववियु ईलाका गोपाल आचार्य लगायत ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
नेपालीहरुको महान चाड वडादशैंको अवसर पारेर जिल्ला भरिका विभिन्न स्थानहरुमा सरसफाई कार्यक्रम गर्ने अनेरास्ववियुको निर्णय बमोजिम माइ नगरपालिका मा पनी सरसफाई कार्यक्रम आयोजना गरिएको गोपाल आचर्य ले जानकारी दिए ।
बि.स. २०२९ फागुन २१ गते तत्कालीन पंञ्चायती सरकारले झापाबाट ईलाम जेल सार्ने बहानामा कम्युनिस्ट आस्था भएका शहिदहरु नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुईकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सुखानीमा गोली हानी हत्या गरिएको थियो।
शहिद सहादत स्थल ईलामको माई नगरपालिका-४ सुखानीमा रहेको भएपनि झापाका कम्युनिस्ट नेता कार्यकर्ताहरुले सुखानीको नाममा बजेट बिनियोजन गर्दै अर्जुनधाराको सालबारीमा विकास गरिरहेका छन। सुखानी सहिद सहादत स्थल भने संरक्षण र विकासमा ओझेल पर्दै आएको सहित स्मारक अध्यक्ष महिन्द्र बुढाथोकी बताउछ्न ।