काठमाण्डौ- नेकपा माओवादी केन्द्रले पुनः परिपत्र जारी गरेको छ । असोज ११–१३ गते बसेको स्थायी समिति बैठकको निर्णयानुसार सो सर्कुलर जारी गरिएको हो ।
परिपत्र अनुसार अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ र उपप्रमुखमा सुरेन्द्र कार्की तोकिएका छन् ।
सर्कुलरअनुसार रिक्त रहेका प्रदेश र अन्य केही संगठनमा पदाधिकारी तोकिएका छन् ।
प्रदेश १
सचिव – हेमराज भण्डारी
प्रदेश २
अध्यक्ष – प्रल्हाद बुढाथोकी
सचिव गोगकुमार बर्बरिया यादव
बागमती प्रदेश
सहइञ्चार्ज – इश्वरीप्रसाद भट्टराई
सचिव – अन्जना विशंखे
गण्डकी प्रदेश
सचिव – देवेन्द्र पराजुली
सुदूरपश्चिम प्रदेश
सहइञ्चार्जहरु – नेपबहादुर चौधरी, त्रिलोचन भट्ट, विना मगर, वीरमान चौधरी
अध्यक्ष – शरदसि.ह भण्डारी
सचिव – देवीलाल चौधरी
प्रवास समन्वय समिति – सहइञ्चार्ज लक्ष्मण पन्त
जिल्ला इञ्चार्जहरु
डडेल्धुरा – जगत पार्की
डोटी – शिवसिंह ओली
अछाम – झपट साउद
कपिलवस्तु – कमल चुडाली
प्युठान – नारायण अधिकारी
गुल्मी – सुदर्शन बराल
लमजुङ – पारशमणी पौडेल
पर्सा – विजय महतो
वीरगञ्ज महानगरपालिका इञ्चार्ज – बाबुराम कौशिक