क्वालालम्पुर- गैर आवासीय नेपालि संघ मलेसियाका पंजीकृत सदस्य दिपेश गौलीले आफु लाई अतिरन्जित तरिकाले प्रपञ्च रचेर मतदान गर्नबाट बन्चित गरेको एनसिसी मलेशिया समिति लाई आरोप लगाएका छन्।
व्यावसायि गौलीले आफ्नो अधिकार बाट बन्चित गराएको कारण उक्त प्रपन्च बारे निस्पक्ष छानबिन गर्न गैर आवासीय नेपालि संघका केन्द्रिय अध्यक्ष कुमार पन्त समक्ष माग गर्दै निबेदन दिएका छन्।
गैर आवासीय नेपाली संघको आगामी अक्टोबर २३ देखि काठमाडौंमा सम्पन्न हुने १० औ केन्द्रीय महाधिवेशनका अध्यक्ष उम्मेरद्वार लाई मतदान गर्नबाट आफुलाई गैर आवासीय नेपालि संघ रास्ट्रीय समन्वय समिति मलेसियाका पदाधिकारीहरुले नदिएको आरोप समेत लगाएका छन्।
मलेसियामा समन्वय परिषद स्थापना भएदेखि एनसीसी मलेसियाको पञ्जिकृत सदस्य रहेका उनले आफ्नो मताधिकार खोसिएको प्रती आपती जनाउँदै मतदाता नामावली रद्ध गरिनु पर्ने माग राखेका छन्।
मलेसियाबाट एकै कम्पनीमा सय भन्दा बढी मतदाता हुनु र गौली जस्तै एनआरएन अभियानमा लामो समय देखि आबद्ध रहेर काम गरेका मतदाता छुट्नुको पछाडी मलेसियाकै मतदाताहरु माथिको बिस्वास गुमाएको जानकार श्रमिक अगुवाहरु बताउछन।