क्वालालम्पुर- रोजगारीको शिलसिलामा मलेशिया आएका एक नेपाली कामदारको गैर आवासिय नेपाली संघ, मलेशियाले उद्दार गरि स्वदेश फर्काएको छ। मोरङ बरदङ्गा-९ का ४२ बर्षिय जितेन्द्र प्रसाद यादब घर खर्च कमाउन ७ बर्ष अघि मलेशियाको भास्तु म्यानेजमेन्ट प्राईभेट लिमिटेड मार्फत मलेशियाको गास्तोन भेन्चर एसडिएन.बिएचडी कम्पनीमा आएका थिए।
रोजगार सम्झौता करार अवधी सकिए पनि कम्पनिले स्वदेश फर्किन नदिएको बताएका छन। गत बर्ष बुवा आमा दुबै जनाको मृत्यु हुदा सम्म छुट्टी दिएन। “उनले भने”अभिभावक गुमाउदाको पिडामा समेत कम्पनिले घर जान नदिएर शोषण गरेको कम्पनी माथी उनको आरोप छ। आफुलाई घर पठाउन बारम्बार अनुरोध गरेपछि गत सेप्टेम्बर-२४ मा कम्पनीले टिकट दिएर क्वालालम्पुर विमान स्थलमा पुर्याई दियो। तर त्यो एयरलाइन्सको टिकट फर्जि (नक्कली) भएको काउन्टरमा पुगे पछि मात्र आफुले थाहा पाए।
विमान स्थलमै अलपत्र परेका यादबको नेपाली राजदुतावास मलेशियाका जनसम्पर्क अधिकृत टेक बुढा सङ भेट भएको थियो। आफ्ना सबै समस्याहरू बताएपछि बुढाले कम्पनिमा सम्पर्क गरेर टिकट मिलाई दिन आग्रह गरेका थिए, तर कम्पनीले वास्ता नगरेको उनले दिएको निवेदनमा उल्लेख छ। यसरी उद्दारका लागि भौतारिएका यादबको नेपाली राजदुतावासको समन्वयमा गैर आवासीय नेपाली संघले शुक्रबार उनको उद्दार गरि नेपाल फर्काएको छ।
भने टिकट, पिसिआर टेस्ट लगायतका खर्च पनि संघले उपलब्ध गराएको गोबिन्द घर्ती मगरले जानकारी दिए।