![](https://www.sandeshprawah.com/wp-content/uploads/2021/10/received_1054287811991681.jpeg)
मित्रवत व्यवहार सबभन्दा ठूलो हतियार हो । सामान्य जीवन जिउनको लागि रोटी बेटीको सम्बन्ध रहेको भारतीय भूमिबाट दैनिक गुजारा लागि ल्याएको एक प्याकेट नुन , एक बोरा चामल अनि एक बोरा मलको फोटो खिचेर सीमा सुरक्षामा खटिएका निर्दोष शस्त्र प्रहरीको भ्वाइस रेकर्ड गरेर माथिल्लो निकायलाई खवर गर्ने पत्रकारहरु समाजबाट लखेटीनुपर्छ ।
धम्काएर पैशा उठाउने अनि राजनीतिको फितलो खोल ओढेर सामाजिक ,व्यावहारिक र कानुनी ज्ञान नभएका कथित तस्कर पत्रकारहरुलाई देश निकाला गर्नुपर्छ । ठूलो पत्रकार भन्दै अरूलाई ठग्ने ,शोषण गर्ने मान्छे किमार्थ पत्रकार हुन् सक्दैन त्यस्तालाई डाँडा कटाउन जरुरी छ ।
चरित्रहीन मान्छेहरू यदि तपाईंको पार्टीमा छ भने त्यस्ता व्यक्तिको पहिचान गरेर हटाउनुहोस , बोल्न नजान्ने अरूको बिरोध र कुरा काट्ने समाज विरोधलाई बहिस्कार गर्नुहोस् । लेख्न नजान्ने बोल्न नजान्ने चरित्रहीन केही व्यक्तिका कारण सिंगो पत्रकारिता जगत बदनाम भएको छ साथै अभद्र ब्यवहार गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याउन जरुरी छ ।