![](https://www.sandeshprawah.com/wp-content/uploads/2021/11/received_1081541405923556.jpeg)
सुरेश यादव,नवलपरासी/कार्तिक १८-पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ रामपुर खडाैनामा दिपावलीकाे शुभ अवसरमा यहि कार्तिक १४ गते बाट गाउँले पुरुष कबड्डी खेलकुद प्रतियाेगिता उद्घाटन भई सुरु भएकाे प्रतियोगिता आज एक कार्यक्रमका बिच समापन भएकाे छ ।
श्री प्रतिष्ठान कबड्डी खेलकुद समिति सरावल ६ रामपुरखडाैनाकाे आयाजना तथा विभिन्न समाजसेवीहरुकाे सहयाेगमा कबड्डी प्रतियाेगिता सम्पन्न भएकाे हाे ।
श्री प्रतिष्ठान कबड्डी खेलकुद समितिका अध्यक्ष फिराेज धुनियाकाे अध्यक्षता तथा समाजसेवी सुभान अलि अन्सारीको प्रमुख आतिथ्यता रहेकाे थियाे ।
प्रतियाेगितामा प्रथम माधवपुर , दृतिय दुवौलिया र तृतीय केजिएन पुसाैलीले हासिल गरेकाे छ भने प्रथमलाई नगद रु१५०००/- सहित मेडल र प्रशंसा पत्र , दृतियलाई नगद रु१००००/- सहित मेडल र प्रशंसा पत्र र तृतीयलाई नगद रु६०००/- सहित मेडल र प्रशंसा पत्र वितरण गरिएको आयाेजक समितिले जानकारी दिएकाे छ ।
कार्यक्रममा सरावल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कैलाश यादव,समाजसेवी राममिलन यादव,समाजसेवी असरफ अन्सारी,पत्रकार सुरेश यादव,विनाेद निगम लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नुभएकाे थियाे ।